Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोभिड–१९मा प्रहरी छापा हुँदा पेरुको रात्रिक्लबमा किचिएर १३को मृत्यु

कोभिड–१९मा प्रहरी छापा हुँदा पेरुको रात्रिक्लबमा किचिएर १३को मृत्यु


काठमाडौ । कोभिड–१९मा पेरुको राजधानी लिमामा रहेको एक रात्रिक्लबमा प्रहरी छापामारी हुँदा भएको भागाभागमा किचिएर १३को मृत्यु र ६ घाइते भएका छन ।

कोभिड–१९ महामारीका लागि जारी निषेधाज्ञाका बेला खुलेको थमस रेस्टबार नाइट क्लब प्रहरीले छापा मारेको हो ।

निषेधाज्ञाको उल्लंघन गरी १२० जना जति पार्टी गरिरहेको पाइएको त्यहाँका गृहमन्त्रालयले जनाएका छन ।

प्रहरी आएको खबर पाएपछि मानिसहरू क्लबको छत तर्फ अर्को निकासबाट भाग्न खोजेका थिए । सानो बाटोबाट सबै जना एकै बेला बाहिर भग्न नसकेपछि किचिएर मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुने १३ जनामा २ जना महिला रहेको प्रहरीले जनाएको छ । यस घटनामा अन्य २३ जनालाई समातेको छ ।

त्यहाँ आशुग्यास जस्ता कुनै किसिमको उपकरण प्रयोग नगरिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई अस्पताल पु¥याउने काम गरिएको थियो । पेरुमा ५ लाख ८० हजार संक्रमित र २७ हजार बढीको मृत्यु कोरोनाबाट भइसकेको छ ।

यो साता लकडाउन कठोर पारिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस