Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पद्वारा पार्टी घाँटी थिची मार्ने विधिको समर्थन

ट्रम्पद्वारा पार्टी घाँटी थिची मार्ने विधिको समर्थन


३१ जेठ, काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीहरुले संदिग्धहरुलाई नियन्त्रण गर्न अपनाउने गरेको घुँडाले घाँटी थिचेर मार्ने विवादास्पद विधिको प्रकारान्तरले समर्थन गरेका छन् ।

केही अमेरिकी प्रहरी अधिकारीले अश्वेत अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोडको घाँटी थिची भएको हत्या यता भइरहेको विरोध प्रदर्शनका क्रममा त्यसलाई बन्द गर्नुपर्ने माग उठाइरहेका बेला राष्ट्रपति ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् फ्लोडको घाँटीलाई एक गोरा प्रहरी अधिकारीले नौ मिनेटसम्म घुँडाले थिच्दा उनको मृत्यु भएको थियो ।

ट्रम्पले यो विधिलाई प्रतिबन्ध गर्नु धेरै राम्रो कुरो भए पनि यसको आवश्यकता केही अवस्थमा अझ आवश्यक हुने बताएका हुन् ।

अमेरिकी कंग्रेसका डेमोक्रेट्स र रिपब्लिकन सदस्यहरूले प्रहरी कानुनमा सुधार गर्न ल्याउन लागिएको प्रस्तावित जस्टिस इन पोलिसिङ एक्ट २०२०को नाममा गरिने सुधारका बारेमा विवरण माग गरेका बेला ट्रम्पका यी अभिव्यक्तिहरू सार्वजनिक भएका हुन् ।

ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै यो बताएका थिए ।

अमेरिकामा शुरु भएको प्रदर्शनलाई नियन्त्रण गर्न नसकेको र जनताको जीउधनको सुरक्षा नगरेको भनी अमेरिकी राष्ट्रपति ट्रम्पको कठोर आलोचना भइरहेको छ ।

प्रहरी सुधार गर्न ट्रम्पमाथि दबाब बढ्दै गएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस