Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी हुलाकका लागि २५ अर्ब डलर दिने तल्लो सदनबाट पारित विधेयक ट्रम्पले रोक्ने

अमेरिकी हुलाकका लागि २५ अर्ब डलर दिने तल्लो सदनबाट पारित विधेयक ट्रम्पले रोक्ने


काठमाडौ । अमेरिकाको प्रतिनिधि सभाले त्यहाँको हुलाक सेवालाई नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचन अघि २५ अर्ब अमेरिकी डलर बराबर रकम दिने कानुन पारित गरेको छ ।

मेलबाट मतदान गरिने विधि हट्न सक्ने आलोचकहरूको आंशका समेतलाई हटाउने गरी यो कानुन पारित गरिएको हो ।

डेमोक्रेटिक पार्टीकी नेतृत्व तथा प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले अमेरिकाको हुलाक सेवा संरक्षण गर्ने विधेयकमा मतदान गर्न सांसदहरूलाई आग्रह गरेकी थिइन ।

प्रतिनिधिसभाले यो कानुन पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई डेमोक्रेटिक पार्टीको मतपत्र घोटाला भनी ट्विट गरे ।

ट्रम्पले भने “ हुलाक कार्यालका प्रतिनिधिहरूले पटक पटक आफूहलाई धनको आवश्यकता नभएको र यसले केही परिवर्तन गर्दैन भनि आएका छन ।”

ट्रम्पले यो कानुनलाई रोक्न आफ्नो विशेषाधिकार भिटो पावर प्रयोग गर्ने चेतावनी दिए । त्यहाँको माथिल्लो सदन सिनेटमा ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीको बहुमत छ । ट्रम्पले त्यो विधेयकलाई त्यहाँबाट पारित गराउन नदिने प्रयास गर्ने छन ।

पोस्टमास्टर जनरल लुइस डेजोले नोभेम्बर मतदान नभएसम्म हुलाकको खर्च कटौती निलम्बन गर्ने जनाएका थिए ।
निर्वाचनको बेला मेल पठाउने काममा ढिलाइ हुन सकने आंशका गरिएको थियो ।

मतदातालाई मतपत्र पठाउनमा ढिलाइ हुन सकने भएपछि डेमोक्रेटिक पार्टीले पारित गरेको यो विधेयकको विरोध राष्ट्रपति ट्रम्पले गरेका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस