Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियटिकटकले ट्रम्प सरकार विरूद्ध मुद्दा दायर गर्ने

टिकटकले ट्रम्प सरकार विरूद्ध मुद्दा दायर गर्ने


काठमाडौ । सामाजिक सञ्जाल कम्पनी टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकार विरूद्ध मुद्दा दायर गर्ने भएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने कार्यकारी अधिकार प्रयोग गरी ट्रम्पले जारी गरेको आदेश विरूद्ध उसले मुद्दा दायर गर्न लागेको बताएको छ ।

टिकटकका एक प्रवक्ताले ट्रम्पको आदेश विरूद्ध कम्पनीलाई मुद्दा गर्नु बाहेक अन्य कुनै बाटो नभएको बताए । अमेरिकी सरकारले एक वर्ष देखि टिकटकबारे व्यक्त गरेको चासोबारे असल विश्वासका साथ संरचनात्मक समाधान खोज्न कम्पनी चाहिरहेको बेला ट्रम्पले सो आदेश दिएको उनले जनाए ।

उनले भने “ कम्पनीलाई न्यायिक बाटोमा जानु बाहेक अन्य कुनै उपाय छैन ।”

टिकटकलाई प्रतिबन्ध लगाउने सो कार्यकारी आदेशका कारण कम्पनीको माउ कम्पनी बाइटडान्सलाई ९० दिन भित्र बेच्नु पर्ने भएको छ ।

ट्रम्पले टिकटकले करोडौं मानिसबाट संकलन गरिएको डेटा चिनियाँ सरकारलाई बुझाउने गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाउने आदेश दिएका हुन ।

अमेरिकामा टिकटक सञ्चालन गर्न कुनै अमेरिकी कम्पनीले किन्न चाहे त्यसलाई सहयोग गर्ने ट्रम्पले बताएका छन ।
अमेरिकी कम्पनी माइक्रोसफ्ट र ओराकलले टिकटक किन्ने चाहना सार्वजनिक गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


Leave a Reply

Your email address will not be published. Required fields are marked *