Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविश्वभर ४ लाख २७ हजारको मृत्यु, भारतमा कोरोना संक्रमित संख्या ३ लाख

विश्वभर ४ लाख २७ हजारको मृत्यु, भारतमा कोरोना संक्रमित संख्या ३ लाख


एजेन्सी, ३१ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ७७ लाख नाघेको छ । जसमध्ये ४ लाख २७ हजारको मृत्यु भइसकेको छ ।

दैनिक एक लाखको संख्यामा संक्रमित बढेपछि स्थिति झन् भयावह बनेको । सबैभन्दा बढी अमेरिकामा संक्रमि संख्या २१ लाख नाघेको छ । त्यहाँ एक लाख १६ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा ८ लाख संक्रमित भइसक्दा ४१ हजारको मृत्यु भइसकेको छ । रुसमा ५ लाख सक्रमितमा ६ हजारको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमित संख्या ३ लाख कटेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ ३ लाख ९ हजार ६ सय संक्रमित छन् । त्यहाँ ८ हजार ८ सय ९० जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । विश्वमा बढी संक्रमित मुलुकमध्ये भारत चौंथो स्थानमा छ ।

भारतमा लकडाउन खुकुलो गरेपछि संक्रमित संख्या झन् बढेको छ । त्यहाँ टेष्टहरु पनि बढाइएको छ ।

दक्षिण एशियाली देशहरुमा पाकिस्तान पनि बढी संक्रमित संख्या रहेको देशमा पर्छ । त्यहाँ एक लाख २५ हजार संक्रमितमध्ये २४ सय ६३ को मृत्यु भएको छ ।

बँगलादेशमा ८१ हजार संक्रमितमध्ये एक हजार ९५ जनाको मृत्यु भएको छ ।

५ हजार संक्रमित संख्या नाघेपछि बढी संक्रमित भएको देशमध्ये नेपाल ७१ औं स्थानमा उक्लिएको छ । नेपालमा संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य
ट्याग : #Corona


तपाईको प्रतिक्रिया दिनुहोस