चीनले एसिया प्रशान्त क्षेत्रमा अमेरिकी क्षेप्यास्त्रको समुचित जवाफ दिने
काठमाडौ । चीनले अमेरिकाद्वारा एसिया प्रशान्त क्षेत्रमा तैनाथ गरिएको क्षेप्यास्त्रहरूको आवश्यक जवाफ फर्काउने चेतावनी दिएको छ ।
चीनको विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने “ भूमिमा आधारित मध्यमदूरीको क्षेप्यास्त्रहरूको तैनाथी गर्ने अमेरिकी प्रयास कथित हिन्द प्रशान्त रणनीति अन्तर्गत भइरहेको छ । अमेरिकाले यो आफ्नो शीतकालिन मानसिकताको प्रदर्शन गरिरहेको छ ।”
अमेरिकाले व्यक्त गर्दै आएको शब्द र व्यवहारबाट हालका वर्षहरूमा वैश्विक तथा क्षेत्रीय स्थिरता खल्बलिएको छ । यसले अन्तर्राष्ट्रिय हतियार नियन्त्रण र निशस्त्रीकरण प्रक्रियालाई आघात पु¥याएको छ ।
क्षेप्यास्त्र तैनाथीको योजनाले चीनलाई त्यस्तो आवश्यकता प्रतिक्रिया जनाउन र अमेरिकालाई समुचित जवाफ दिन बाध्य पार्ने उनले जनाए ।
अमेरिकाका सहयोगी देशले आफ्नो भूमिमा अमेरिकी मिसाइललाई राख्न अनुमति दिए चीनले पनि त्यस अनुरूपको प्रतिक्रिया जनाउने छ ।
झाओले भने “ हामी एसिया प्रशान्त क्षेत्रका सबै देशहरूलाई अमेरिकी कदमको गम्भीर परिणामबारे सजग भइ अमेरिकाको इशारामा चल्ने सिपाहीको भूमिका नगर्न आह्वान गर्छौ ।”
अमेरिकाका शीर्ष अधिकारीहरूले हालका दिनमा निरन्तर केही एसियाली देशमा अमेरिकाले क्षेप्यास्त्र तैनाथ गर्ने योजना रहेको जनाउँदै आएका छन ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking