Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रिय१० वर्ष भित्र पृथ्वीसँग नयाँ आकाशीय चट्टान ठोकिने जोखिम

१० वर्ष भित्र पृथ्वीसँग नयाँ आकाशीय चट्टान ठोकिने जोखिम


काठमाडौ । युरोपियन स्पेस एजेन्सीले १० वर्ष भित्र पृथ्वीसँग नयाँ आकाशीय चट्टान ठोकिने जोखिम बढेको बताएको छ ।

यो नयाँ चट्टान यो साता अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने सो युरोपेली नियोगले जनाएको हो ।३१ अगस्ट २०२९मा ठोकिने भनिएको सो चट्टान पृथ्वीसँग ठोकिए ठूलो क्षति हुने अपेक्षा गरिएको छ ।

२०२०पीजीसिक्स नाम दिइएको यो चट्टान ४६ हजार किलोमिटर प्रति घन्टाको दर पृथ्वी भएको दिशामा आइ रहेको छ । यो चट्टानको व्यास १४ मिटरको मात्र भएपनि यसले क्षति ठूलो गर्ने छ ।

यो चट्टान सन्२०१३मा रुसी आकाशमा विस्फोटन गराइएको चेलियाबिन्सकको ब्यास १८ मिटरको थियो ।

त्यो विस्फोटनको बेला ३० परमाणु बम बराबरको उर्जा निस्केको थियो । वैज्ञानिकहरूका अनुसार यो चट्टान ठोकिने जोखिम बढी रहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस