Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियडब्लुएचओ भन्छ ‘कोरोना नियन्त्रणमा हुने भ्रष्टाचार हत्या बराबर’

डब्लुएचओ भन्छ ‘कोरोना नियन्त्रणमा हुने भ्रष्टाचार हत्या बराबर’


काठमाडौ । विश्वभर कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूलाई आवश्यक हुने पीपीइ र मुख छोप्ने मास्क जस्ता वस्तुको उत्पादन तथा वितरणमा भएको भ्रष्टाचार प्रति विश्व स्वास्थ्य संगठन डब्लुएचओले भत्र्सना व्यक्त गरेको छ ।

कोरोना समाप्त हुन दुई वर्ष लाग्ने अपेक्षा व्यक्त गर्दै डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेससले यस्तो बताए ।

सन् १९१८मा आएको स्पेनिश फ्लु सरूवा रोग अन्त्य भए भन्दा कोरोना भाइरस द्रुतगतिमा समापत हुने देखिएको उनले जनाए । अहिलेको आधुनिक प्रविधिले सहयोग गरिरहेकाले यो महामारी अन्त्य हुन दुई वर्ष लाग्ने उनको भनाइ छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा कोरोनाबारे जानकारी दिँदै उनले यस्तो बताए । उनले भने “ कोरोना नियन्त्रणका लागि आवश्यक हुने वस्तुको उत्पादन तथा वितरणमा हुने भ्रष्टाचार हत्या बराबर हुन्छ ।”

हाल जोन्स हप्किन्स युनिभर्सिटीको आँकडा अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३०लाख पुगेको छ भने कोरोनाबाट मर्नेको संख्या आठ लाख जति छ ।

कोरोना संक्रमितको हिसाबले सर्वाधिक खराब अवस्थामा अमेरिका , ब्राजिल र भारत रहेका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस