Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियआँखाले चित्र कोर्ने कलाकार

आँखाले चित्र कोर्ने कलाकार


काठमाडौ । आँखाले चित्र कोर्ने कलाकार भन्नु आफैमा अपत्यारिलो भनाइ हो । तर प्रविधिले लन्डन बस्ने कलाकार साराह इजेकिएललाई आँखाले बनाइएका चित्रकलाबाट उनलाई अन्तर्राष्ट्रिय ख्याति दिलाएको छ । उनको गतिविहीन शरीरलाई प्रविधिले नयाँ जिवन दिएको छ। हिलडुल गर्न नसक्ने साराले आफ्ना आँखा र प्रविधिको प्रयोगबाट कम्प्युटरमा कलाकृतिको सिर्जना गर्ने गरेकी छिन ।

आगलागी भएको भवनमा फसेका व्यक्तिलाई खोजेर निकाल्न समस्या भोगेका एक अग्निनियन्त्रकले यो कार्यलाई सजिलो पार्न टेक्नलजिको प्रयोग गर्ने निर्णय गरे ।

आँखाले पत्ता लगाउने प्रविधि वा दि आइ ट्रयाकिङ टेक्नलजिले कलाकार सारालाई कलात्मक अभिव्यक्ति व्यक्त गर्न एक प्लेटफर्म उपलब्ध गराएको छ । एमियोट्रोफिक ल्याटरल स्लेरोसस वा मोटर न्यूरन डिजिजका कारण उनको शरीर गतिहीन बनेको छ ।

सारा ३४ वर्षको उमेरमा रहेका बेला आफूमा यो रोगको कुनै लक्षण फेला पारेकी थिइन । दोस्रो सन्तान गर्भमा भएका बेला उनको बायाँ बाहुलामा केही कमजोरी देखियो । बोली लडबराउन थाल्यो । केही महिना पछि रोगको निदान खोज्न जाँदा यो रोग भएको थाहा भयो । यो रोग ५० हजारमा १ जनालाई हुने गर्छ र यसको कुनै उपचार छैन ।

यो रोगबारे जानकारी पाउन अघि आफ्नो जीवन एकदम सामान्य भएको सारा बताउँछिन “ म पूर्णरूपले आमा थिए , खाना पकाउनु, सरसफाइ गर्नु जिममा जानु जस्ता काम गर्थे ”

अहिले उनी बोल्न सक्दिैनन । हिलडुल गर्न सक्दिन । तर उनी भन्छिन“ मेरो जिवनलाई प्रविधिले मूल्यवान बनाइ दिएको छ ।”

आँखाको विषयमा काम गर्ने कम्पनी टोबि डाइनाभोक्सले बनाएको डिभाइसको प्रयोग गरी साराले आफ्नो मृततुल्य जिवनलाई मूल्यवान बनाउन सफल भएकी छिन ।

यो टेक्नलजिले प्रोजेक्टर, क्यामरा र एल्गोरिदमको प्रयोग साना साना गतिविधिलाई समात्न प्रयोग गर्छ । यो टेक्नलजि प्रयोग गर्ने प्रयोगकर्ताले आँखाको नानीको उपयोग गर्छन । स्क्रिनमा देखिने कर्सरलाई नियन्त्रण गर्छन ।

यो प्रविधिले सारालाई इन्टरनेट, अनलाइन पसल र सामाजिक सञ्जालका विषय वस्तु हेर्न सक्षम बनाइ दिएको छ । यसको उपयोग गरी सिएनएन जस्ता सञ्चार माध्यमसँग अन्तर्वार्ता गर्न सारालाई सक्षम बनाएको छ ।

युवाअवस्थामा कला पढेकी साराले सन् २०१२मा आइ गेजको डिभाइस प्रयोग गरी पेन्टिङ शुरू गरिन । साराका कलाकृतिको प्रदर्शनी बेलायत र कतार भर भइसकेको छ ।

कम्प्युटरमा आधारित कलाकृतिको इतिहास सन् १९५०को दशकदेखि शुरू भएको पाइन्छ । इन्जिनियरिङ विषयमा कलाकृतिको अभिव्यक्ति गरेदेखि यसको विकास भएको पाइन्छ ।

अहिले डिजिटल क्यानभासको विकास भएको छ भने डेभिड हकनी जस्ता ख्यातिप्राप्त पेन्टरले यस्तो कलाकृतिको विकास गरिरहेका छन।

कोरोनाभाइरसको समस्या समाधान भए बेलायतमा छिट्टै एक कला प्रदर्शनीको आयोजना गर्ने योजना भएको साराले सिएनएनलाई दिएको अन्तर्वार्तामा जनाएकी छिन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस