Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिका र बेलायतले विकिलिक्सका संस्थापक असान्जलाई पागल बनाउन खोजेका छन

अमेरिका र बेलायतले विकिलिक्सका संस्थापक असान्जलाई पागल बनाउन खोजेका छन


काठमाडौ । अमेरिकालगायत विश्वका शक्तिशाली देशहरूको गुप्तसूचना सार्वजनिक गर्ने विकिलिक्सका संस्थापक सम्पादक जुलियान असान्जलाई अहिले अमेरिका र बेलायतले संयुक्तरूपमा मानसिकरूपमा कमजोर बनाइ आत्महत्या गर्ने प्रयास गरिरहेका छन ।

‘द मोस्ट डयान्जरस म्यान इन द वल्र्ड ःजुलियान असान्ज एन्ड विकिलिक्स फाइट फर फ्रिडम’ नामक किताबका लेखक खोजी पत्रकार एन्डरू फाउलरले यस्तो बताएका छन ।

फोक्सो लगायतका समस्याबाट पिडित असान्जलाई कुनै उपचार उपलब्ध नगराइएको उनले जनाएका छन । असान्जलाई विगत ७ वर्षदेखि एउटै कोठामा बस्न बाध्य पारिएको छ ।

शक्तिशाली देशहरू विरूद्ध एक्लै लडाइ लडिरहेको असान्जलाई मानसिकरूपमा ध्वस्त पार्न खोजिएबाट पुष्टि भइरहेको छ । बेलायतमा कैद गरिराखिएका असान्जलाई स्विडन र अमेरिका दुबैले आफूलाई सुपुर्दर्गी गर्न माग गरिरहेका छन ।

युरोपियन युनियनबाट अलग नभएकाले यसबारे अझ दुखदायी निर्णय असान्जको हकमा बेलायतले गर्न नसकेको देखिएको छ । असान्जको सन्दर्भमा स्नोडनको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिने अभिव्यक्ति एक आशा जगाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस