Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियओस्कार पुरस्कारबाट सम्मानित हलिउडका अभिनेताद्वारा बाइडेनलाई महाभियोग लगाउन आह्वान

ओस्कार पुरस्कारबाट सम्मानित हलिउडका अभिनेताद्वारा बाइडेनलाई महाभियोग लगाउन आह्वान


काठमाडौं ।अमेरिकालाई सही ढङ्गबाट गौरवशाली बनाउन सुरु गर्नका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई तत्काल महाभियोग लगाउनै पर्ने ओस्कार पुरस्कारबाट सम्मानित हलिउडका अभिनेता जोन भोइटले बताएका छन् ।

उनको यो ट्विटर अभिव्यक्तिलाई रिपब्लिकन पार्टीका सदस्यबाट प्रशंसा प्राप्त भयो भने डेमोक्रेट पार्टीका सदस्यहरू र उनका हलिउड सहकर्मीहरूले आक्रोश र भत्र्सना प्राप्त भयो ।

दुई मिनेटको भिडियो सन्देशमा भोइटले भनेका छन् “प्रिय मित्रहरू, हामी बाँचिरहेको यो समयमा ल्याइएका यतिधेरै उथलपुथलबाट हामी सबै दुखी भएका छौँ । के यो अध्ँयारो हटाउन सकिन्छ ?हामी सबै फेरि खुशी मनाउन सक्छौँ र एक अर्काका आँखामा आँखा जुधाउन सक्छौँ ?यी अपराधहरूको आतङ्क भएको देश हामीसँग छ र हामीले जीवन नष्ट गरिरहेका छौँ । यो तत्काल रोक्नै पर्छ ।हामीले हाम्रो देशलाई सुरक्षित पार्नै पर्छ । प्रहहरीले हाम्रा छिमेकीहरूको , हाम्रा व्यवसायीहरूको , हाम्रा बालबालिकाहरूको , हाम्रा वृद्धवृद्धाहरूको, हाम्रा सिद्धहस्त नागरिक र अपाङहरूको सुरक्षा गर्नै पर्छ ।”

अमेरिकी शौर्यलाई बाडडेनले खराब गरेकाले अमेरिकीहरू क्रुद्ध रहेको जनाउँदै उनले भने “बाइडेनलाई महाभियोग लगाउनै पर्छ ।”

८३ वर्षीय अभिनेताको सो भिडियो सार्वजनिक भएपछि अनलाइनमा ३ लाख मानिसले हेरेका छन् ।११ हजार रिट्वट्स एन्ड लाइक सो भिडियोलाई प्राप्त भएको छ ।

डेमोक्रेट्सहरूले उनको आलोचना गरेका छन् । सन् २०१९मा तत्काली राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई एक कला सम्बन्धी ण्राष्ट्रिय पदकबाट सम्मानित गरेका थिए ।

भोइटलाई मिडनाइट काउबोय र डिलिभिरेन्स १९७०, हिट सन् १९९०का लागि विशेषरूपले चिनिन्छ । भिएतनामका सिद्धहस्त पक्षाघात भएका व्यक्तिको अभिनय कमिङ होम सन् १९७८मा गरेका थिए । त्यसका लागि उनलाई सर्वाधिक अभिनेताको प्रज्ञा पुरस्कारबाट सम्मानित गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, मनोरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस