Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियठगी अभियोगमा पक्राउ परेका ट्रम्पका सल्लाहकारद्वारा आरोप अस्वीकार

ठगी अभियोगमा पक्राउ परेका ट्रम्पका सल्लाहकारद्वारा आरोप अस्वीकार


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्याननले आफू विरूद्धको अभियोग पत्रमा लगाइएको आरोप अस्वीकार गरेका छन् ।

ट्रम्पका पूर्व सल्लाहकारसहित तीनजनालाई बिहीबार “वि बिल्ड द वाल” रकम संकलन गर्ने अनलाइन दान कार्यक्रम अन्तर्गत अवैध तरिकाले रकम लिएको अभियोगमा पक्राउ गरियो ।

म्यानहटन संघीय अदालतमा उनीहरू विरूद्धका अभियोगहरू खोलिए ।

संघीय सकारी वकिलहरूले ब्याननसहित तीन जनाले यो स्किम अन्तर्गत लाखौं डलर अमेरिकी डलर संकलन गरेको अभियोग लगाए । अमेरिकाको दक्षिण सीमामा पर्खाल बनाउने भनेर आयोजना तय गरी रकम संकलन अभियान अन्तर्गत उनीहरूले २ करोड ५० लाख अमेरिकी डलर अवैधरूपमा संकलन गरे ।

ट्रम्पको राष्ट्रपति पदको चुनाव अभियानका शीर्ष सल्लाहकारको रूपमा स्टिभले काम गरेका थिए । ट्रम्पले चुनाव जितेपछि ह्वाइट हाउसमा प्रमुख रणनीतिकारको रूपमा काम गरेका थिए । ब्याननले दक्षिण पन्थी लोकप्रियतावाद र आप्रवासन नीतिको विरोधमा प्रतिपक्षीको विरूद्धमा अभियान चलाएर ट्रम्पलाई सहयोग गरेका थिए । ब्याननले अगस्ट २०१७मा ह्वाइट हाउस छोडे ।
ब्याननका साथै ब्रायन कोल्फेग, एन्डरु बाडोल्टो र टिमोठी शिलाई बिहीबार पक्राउ गरिएको न्युयोर्कको दक्षिणी जिल्लाका महान्यायाधिवक्ता कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ ।

ब्याननले सार्वजनिकरूपमा वि बिल्ड द वाल अभियानलाई एक स्वयमसेवी संस्थाको रूपमा व्याख्या गरेका थिए ।

ब्याननले यो स्किम अन्तर्गत संकलित रकमबाट १० लाख अमेरिकी डलर लिएर व्यक्तिगत काममा खर्च गरे । कोल्फागेले साढे तीन लाख भन्दा रकम बढी लिए ।

चार जना विरूद्ध लगाइएको अभियोग प्रमाणित भए अधिकतम २० वर्ष जेल सजाय हुनेछ ।

डोनाल्ड ट्रम्प जुनियरले यो संगठनको प्रशंसा गरेका छन । यो संगठनले राम्रो काम गरेको उनले जनाएका छन


क्याटेगोरी : अन्तर्राष्ट्रिय


प्रतिक्रिया दिनुहोस