Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि राष्ट्रसंघीय नाकाबन्दी लगाउने अमेरिकी दबाब अस्वीकार

जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि राष्ट्रसंघीय नाकाबन्दी लगाउने अमेरिकी दबाब अस्वीकार


काठमाडौ । इरान परमाणु सम्झौताबाट निस्किसकेको इरानमाथिअमेरिकासँग  राष्ट्रसंघीय आर्थिक नाकाबन्दी लगाउन पाउन अधिकार नरहेको युरोपका तीन शक्तिशाली देशका विदेशमन्त्रीहरूले बताएका छन ।

युरोपका शक्तिशाली तीन देश जर्मनी, फ्रान्स र बेलायतका विदेशमन्त्री क्रमशः जिन यीभि लि ड्रियन, हेइको मास र डोमिनिक राबले संयुक्तरूपमा बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो जनाएका छन ।

अमेरिकाले सन् २०१८ मे ८का दिन बहुपक्षीय इरान परमाणु सम्झौताबाट एकलौटी ढंगले निस्केको घोषणा गरेको थियो ।

अमेरिकाले इरानमाथि फेरि राष्ट्रसंघीय आर्थिक नाकाबन्दी लगाउन गरेको मागलाई युरोपका यी तीन देशले समर्थन गर्न नसक्ने उनीहरूले स्पस्ट पारेका हुन ।

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकाल सन् २०१५मा इरान परमाणु कार्यक्रमसम्बन्धी संयुक्त सम्झौतामा हस्ताक्षर भएको थियो । यो सम्झौतामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस्यहरूले हस्ताक्षर गरेका थिए ।
त्यो सम्झौताबाट निस्किसकेको अमेरिकाले राष्ट्रसंघीय नाकाबन्दी लगाउने पहल गर्ने अधिकार गुमाएको यसअघि चीनले जनाइसकेको छ ।

युरोपका यी तीन शक्तिशाली देशहरूले चीनको यो अडानप्रति समर्थन जनाएका छन ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रसंघको तर्फबाट आर्थिक नाकाबन्दी लगाउनुपर्ने भने पछि उनीहरूको साझा अभिव्यक्ति सार्वजनिक भएको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस