उत्तर कोरियाली नेता किमले बहिनी योजोङलाई बढी जिम्मेवारी दिए
काठमाडौ । उत्तर कोरियाली नेता किम जोङ उनले बहिनी किम योजोङलाई अझ बढी जिम्मेवारी दिएका छन ।
किमले आफैसँग ठोस अधिकार राखेको भएपनि विभिन्न किसिमको नीतिगत क्षेत्रका अन्य अधिकारी बहिनीलाई दिएका हुन ।आफ्नो तनाव कम गर्न अधिकार दिइएको जानकारी दक्षिण कोरियाली गुप्तचर विभागले दिएको बिबिसीले जनाएको छ ।
तर दक्षिण कोरियाको गुप्तचर नियोगका जानकारी विगतमा गलत भएका छन ।
किम विगत केही दिनदेखि अस्वस्थ्य रहँदै आएका समाचारहरू सार्वजनिक भइ आएका छन ।
किमको मृत्यु समेत भइसकेको समाचार सार्वजनिक भइसकेको छ । दाजु बहिन स्विटजरल्यान्डमा सँगै अध्ययन गरेका छन । बहिनी दाजु भन्दा चार वर्ष कम उमेरकी छिन ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking