Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियएकै समय युरोपियन युनियन र ब्रिक्सको शिखर सम्मेलन

एकै समय युरोपियन युनियन र ब्रिक्सको शिखर सम्मेलन


कठमाडौं । अर्थतन्त्रका आधारमा गठित विश्वका दुई ठुला समूहहरू युरोपियन युनियन र ब्रिक्सका शिखर एकै समय बिहीबार हुन लागेको हो ।
युरोपियन युनियनका सदस्य देशहरू ब्रसेल्स शिखर सम्मेलनमा बिहीबार सहभागी हुने भएका छन् ।

यसैगरी बिहीबार चीनले भर्चुअल शिखर सम्मेलनको आयोजना गरेको हो ।

युरोपियन युनियन शिखर सम्मेलनमा युक्रेन शीर्ष एजेन्डा बनेको छ । युरोपियन युनियनका नेताहरूले विश्व तथा महादेशमा आर्थिक सङ्कटले पार्ने प्रभावका बारेमा छलफल गर्ने छन् ।

ठिक यही बेला ब्रिक्सको १४औँ शिखर सम्मेलनमा ब्राजिल, रुस, इण्डिया, चाइना र दक्षिण अफ्रिकाका नेताहरूले छलफल गर्नेछन् ।

सदस्य देशहरूले आर्थिक , सुरक्षा र सार्वजनिक स्वास्थ्यको सहयोगबारे योजना बनाउने देखिएको छ । कोभिड १९ वैश्विक महामारीले शिथिल भएको अर्थतन्त्रलाई पुरानो बाटोमा ल्याउने विषयमा ब्रिक्सका नेताहरूले छलफल गर्ने छन् ।

चक्रीय प्रणाली अनुसार ब्रिक्सको अध्यक्ष रहेको चीनले अर्जेन्टिनालाई ब्रिक्सको पूर्ण सदस्य बनाउने प्रस्ताव गरेको छ । ल्याटिन अमेरिकी देश अर्जेन्टिनाले ब्रिक्समा सामेल हुने चाहना व्यक्त गरेको छ । साथै यो शिखर सम्मेलनमा उसले सहभागिता जनाउने भएको छ ।

ब्रिक्सका सदस्य देशहरूले युक्रेनमाथि आक्रमण गरेको रुसलाई सहयोग गर्ने देखिएको छ भने पश्चिमाहरूको समूह युरोपियन युनियनले रुसलाई सजाय दिने विषयमा छलफल गर्ने देखिएको छ ।

पश्चिमाहरूले लगाएको आर्थिक नाकाबन्दीको असर कम गर्न रुसले चीन र भारत जस्ता देशहरूसँग व्यापारलाई प्राथमिकता दिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस