अमेरिकी राष्ट्रपति बाइडेनद्वारा इन्धन कर छुट दिन आह्वान
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदलाई डिजल पेट्रोल इन्धनमा कर छुट दिन आग्रह गरेका छन् ।
इन्धन मूल्य अकासिँदै गइरहेको बेला बाइडेनले यस्तो आग्रह गरेका हुन् ।
बाइडेनले यो कानुन तीन महिनाका लागि सङ्घीय कर बिदाको रूपमा पारित गर्न सदनलाई आग्रह गरेका हुन् ।
बाइडेनले अमेरिकी राज्यहरूलाई पनि तिनका इन्धनकर छुट गर्न आग्रह गरेका हुन् । यसबाट अमेरिकी तेल कम्पनीहरूलाई प्रशोधन क्षमता बढाउन सहुलियत हुने अपेक्षा गरिएको छ ।
रोयटर्सका अनुसार बाइडेन र उनका सल्लाहकारहरूले इन्धन कर बिदाका विषयमा छलफल गरिरहेका छन् ।
बाइडेनको यो कदमलाई अमेरिकी कङ्ग्रेसबाट अनुमोदन गर्नुपर्ने हुन्छ । कतिपय विश्लेषकहरूले यो अनुमोदन हुनेमा आशंका व्यक्त गरेका छन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
अर्थ
ट्याग : #breaking