Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअर्बपति बिल गेट्सले कानुन विपरीत खरिद गरेको आशंका जग्गाबारे छानबिन

अर्बपति बिल गेट्सले कानुन विपरीत खरिद गरेको आशंका जग्गाबारे छानबिन


काठमाडौं । अमेरिकी अर्बपति बिल गेट्सको संस्था रेड रिभर ट्रस्टले हालै किनेको गोलभेडा खेती भएको जग्गाबारे नर्थ डाकोटाका महान्यायाधिवक्ताको कार्यालयले एक पत्र पठाएको छ ।

महान्यायाधिवक्ता ड्रउ रिगलीको कार्यालयले राज्य तथा सङ्घीय कानुनको उल्लङ्घन हुने गरी खरिद गरिएको जग्गामा ट्रस्टलाई चेतावनी दिँदै सो बारे थप जानकारी गराउन भनेको हो ।

कर्पोरेसन वा सीमित दायित्व भएका कम्पनीहरूलाई नर्थ डाकोटाका खेती योग्य जग्गा खरिद गर्न वा लिजमा लिन वा खेतीमा संलग्न हुन निषेधित गरिएको रेड रिभर ट्रस्टलाई पठाइएको पत्रमा उल्लेख गरिएको छ ।

यो समाचार एजिविकले बुधबार सार्वजनिक गरेको छ ।

यो पत्रको पुष्टि बिस्मार्क आधारित टेलिभिजन स्टेसन केएफवाईाआरले गरेको छ । यसले पत्रको पहिलो कपी सार्वजनिक गरेको छ । जुन २१को मितिमा नर्थ डाकोटाको ग्राफ्टन स्थित क्याम्पबेल फार्मलाई पनि पठाइएको छ ।

एजिविमले जुन १३मा रेड रिभरले बिल ग्रेग र टम क्याम्पबेल दाजुभाइबाट नोभेम्बर २०२१मा टमाटरको खेती गरिएको सो २१०० एकड बराबरको जग्गा १ करोड ३५ लाख अमेरिकी डलर बराबरमा किनेको समाचार सार्वजनिक गरेको थियो ।

ट्रस्टलाई खेत किन्न पाउने हक अधिकारलाई कानुनले सीमित पारेको पत्रमा उल्लेख गरिएको छ । साथै कम्पनीले खरिद गरेको जग्गाको उपयोग कसरी गर्ने विषयमा महान्यायाधिवक्ताको कार्यालय जान्न चाहेको पत्रमा उल्लेख छ ।

रेड रिभरले कानुनसम्मत ढङ्गले किनेको पुष्टि गर्न सके कार्यालयले सो छानबिन बन्द गर्ने तर कानुनको उल्लङ्घन गरेको पाइए १ लाख अमेरिकी डलर बराबरको जरिवाना गरिने पत्रमा उल्लेख गरिएको छ ।

माइक्रोसफ्ट कम्पनीबाट अर्बपति भएका गेट्सले अमेरिका लगायत विश्वभरका जग्गा खरिद गर्न खोजिरहेका छन् । उनले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसन मार्फत जग्गा किन्न खोजिरहेका छन् ।

गेट्सले बिउ र जैविक इन्धनको विकास गर्न कृषि उत्पादन गर्ने र यसबाट जलवायु परिवर्तन विरुद्धको लडाइँमा सहयोग पुग्ने बताएका छन् ।

 

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस