याङ्ग्सी नदीको पानीले बुद्ध प्रतिमाको पाउ सात दशक यता पहिलो पटक स्पर्श ग-यो

काठमाडौ । दक्षिणी चीनको याङ्ग्सी नदीमा आएको बाढीले विशाल बुद्ध प्रतिमाको पाउ स्पर्श गर्न थालेको छ ।यो वर्षको बाढीले त्यस क्षेत्रका धेरै भागलाई डुबानमा पार्दै दशको यता पहिलो पटक त्यो बुद्ध प्रतिमाको पाउलाई स्पर्श गरेको हो ।
बाढीको खतराले गर्दा स्थानीयहरूले कतिपय क्षेत्रमा मानिसहरूलाई अन्तै सार्न लगाएको छ । यो बुद्ध प्रतिमाको पाउ छुने गरी कम्तीयमा सात दशक यता पहिलो पटक याङ्ग्सी नदीमा यस्तो बाढी आएको सिन्ह्वाले जनाएको छ ।
१२०० वर्ष अघि माउन्ट एमेीको पहाडी क्षेत्रमा २३३ फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको थियो । चीनको सिचुआन प्रान्तमा रहेको यो बुद्ध प्रतिमा युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको छ।
यो क्षेत्रमा पर्यटकहरू बुद्ध प्रतिमासहितको क्षेत्र अवलोकन गर्न आउने गरेका छन । बाढीले गर्दा यो क्षेत्रलाई बन्द गरिएको छ । बाढीको खतरा टरेपछि फेरि यो क्षेत्रलाई पर्यटकहरूका लागि खुला गरिने छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया