Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअधिकांश मानिस अर्बपति बन्न चाहँदैनन्,आदर्श जीवन जिउन चाहे जति पुगे हुने अध्ययन

अधिकांश मानिस अर्बपति बन्न चाहँदैनन्,आदर्श जीवन जिउन चाहे जति पुगे हुने अध्ययन


काठमाडौं । विश्वका अधिकांश मानिसहरू अर्बपति बन्न चाहँदैनन् । आदर्श जीवन जिउन चाहे जति पुगे हुने उनीहरूको भनाइ रहेको एक अध्ययनले जनाएको छ ।

बेलायत, अमेरिका, चीन, फ्रान्स, भारत र अस्ट्रेलिया समेत गरी विभिन्न देशका ७ हजार मानिसहरूमा अनुसन्धानकर्ताहरूले यस विषयमा एक अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् ।

१ करोड अमेरिकी डलर बराबरको सम्पत्ति भए एक आदर्श जीवन जिउन पुग्ने र यस भन्दा बढी अर्बपति बन्ने चाहना अधिकांश मानिसहरूकोे नरहेको देखिएको हो ।

अर्थशास्त्रको एक सिद्धान्त अनुसार मानिसहरू असीमित धन चाहने कुरो सत्य नभएको अध्ययनबाट देखियो ।

टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्क अहिले विश्वका सबै भन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति २ खर्ब १६ अर्ब अमेरिकी डलर बराबर रहेको छ ।

तर अधिकांश मानिसहरूले एक आदर्श जीवन जिउन सम्पत्ति भए पुग्ने यस्तो परिमाणको धन खोज्नु धेरै लालची स्वभाव भएको उनीहरूले बताएका हुन् ।

बाथ युनिभर्सिटी, बाथ स्पा र एक्सटरका मनोवैज्ञानिहरूले गरेको यो अध्ययन नेचर सस्टेनबिलिटीमा प्रकाशित भएको छ ।

युनिभर्सिटी बाथका डा. पाल बेनले भने “मानिसहरूको स्वाभाव असीमित चाहनाले सामाजिक दबाब सिर्जना गर्न लगाइ मानिसहरूलाई चाहिए भन्दा धेरै किन्न लगाउने विचार हो ”

अध्ययनबाट अधिकांश मानिसहरू आदर्शरूपमा बाँच्न चाहन्छ र यसले सामाजिकरूपमा मानिसलाई सहज बनाएर व्यवहार गर्न लगाउँछ जसले उनीहरूलाई वास्तविकरूपमा खुसी तुल्याउँछ र यसले पृथ्वीलाई सुरक्षित गर्न बलियो नीति निर्माण गर्न सहयोग पु¥याउँछ भन्ने पता लागेको उनले जनाए ।

६ महादेशका ३३ देशका ७८६० जना मानिसहरूको सर्वेक्षण यो अध्ययनमा गरियो । यसमा उनीहरूकति धन चाहन्छन् भन्ने विषयको अध्ययन गर्न खोजिएको थियो ।

देशहरूका ८६ प्रतिशतले १ करोड अमेरिकी डलर वा त्यो भन्दा कम आदर्श जीवन बाँच्न चाहिने धन भए पुग्ने बताए । केही देशहरूमा १ लाख अमेरिकी डलर बराबर वा त्यो भन्दा कम धन भए पुग्ने बताएका थिए ।

यी धनले व्यक्तिलाई जीवन भर चाहिने सम्पत्तिको प्रतिनिधित्व गर्छ ।

यसको अर्थ उनीहरूको चाहना ठिकठाक सम्पत्ति भए पुग्ने अतिधेरै सम्पत्तिको चाहना नभएको दर्शाउँछ ।

८देखि ३९ प्रतिशत मानिसहरूले जतिधेरै सम्पत्ति पाउन सके पाउने धारणा सार्वजनिक गरे ।

अर्बपति मस्क एक्लोको सम्पत्ति २ खर्ब छ । उनको सम्पतिले आदर्श जीवन बाँच्न २ लाख बढी मानिसहरूलाई पुग्ने छ ।

असीमित धेरै सम्पत्ति चाहना राख्ने व्यक्ति अति धेरै लालची भएको सो अध्ययनको निष्कर्ष रहेको छ ।

असीमित सम्पत्ति चाहना गर्नेहरू युवा र शहरका बासिन्दाहरू रहेको देखिएको छ । उनलाई सफलता ,शक्ति र स्वतन्त्रता बढी पाउने चाहना हुन्छ ।

अध्ययनकर्ताहरूका अनुसार यो ध्यानाकर्षण गराउने रिमाइण्डरमात्र हो यसले आवश्यक नीतिलाई प्रतिनिधित्व गर्दैन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, विज्ञान
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस