डेमोक्रेटिक पार्टीद्वारा जो बाइन र कमला ह्यारिसलाई औपचारिकरूपमा उम्मेदवार मनोनित
काठमाडौ । अमेरिकाको डेमोक्रेटिक पार्टीले औपचारिकरूपमा राष्ट्रपतिको उम्मेदवारमा जो बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिसलाई मनोनित गरेको छ ।
पार्टीको तर्फबाट उम्मेदवारको प्रतिस्पर्धामा बाइडन एक्लै प्रतिस्पर्धी बाँकी रहेका थिए । दुई दिनदेखि चलेको पार्टीको महासम्मेलनको दोस्रो राति ७५ राज्यका प्रतिनिधिहरूको भर्चुअल उपस्थितिमा यो घोषणा गरिएको हो ।
पार्टीले मनोनित गरेपछि बाइडनले आफ्नो सम्बोधनमा सबैलाई धन्यवाद व्यक्त गरे । चार दिने पार्टीको सम्मेलन पछि बिहीबार देखि आफू चुनाव अभियानमा सामेल हुने ।
रिपब्लिकन पार्टीको तर्फबाट मनोनयन समारोह अर्कोसाता ह्वाइ हाउसमा हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पार्टीबाट गरिने मनायनको स्वीकार गरी आभार व्यक्त गर्ने कार्यक्रम रहेको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking