Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबाहिरबाट स्पस्ट देखिने पारदर्शी सार्वजनिक शौचालय टोकियोको नयाँ आकर्षण

बाहिरबाट स्पस्ट देखिने पारदर्शी सार्वजनिक शौचालय टोकियोको नयाँ आकर्षण


काठमाडौ । जापानको राजधानी टोकियोको एक लोकप्रिय जिल्लाले स्थापना गरेको पारदर्शी सार्वजनिक शौचालय अहिले नयाँ आकर्षण बनेको छ ।

शिगेरु बान आकर््िटेक्टले डिजाइन गरेको शिबुयामा जडान गरिएको यो शौचालय लोकप्रिय बन्न पुगेको हो ।

सार्वजनिक शौचालयको बारेमा आम मानिसको धारणा परिवर्तन गर्न यो नवपर्वतन परियोजनाको उद्देश्य रहेको छ ।

यो आक्र्टिटेक्ट समूह प्रित्सकर पुरस्कारबाट सम्मानति हो । यो शौचालय भित्र जडान गरिएको सबै वस्तु स्पस्ट देखिन्छ । जब यो शौचालयमा छिरेर यसका ढोका थुनिन्छ अनि व्यक्तिगत शौच कर्म गर्ने बेला यो आफै अँध्यारो बन्न पुग्छ वा बाहिरबाट देखिदैन ।

अपारदर्शी बन्न पुग्छ । पहिलो उद्देश्य यसको सरसफाइ दर्शाउनु हो भने दोस्रो भित्र कोही भन्ने जानकारी दिनु हो ।

शौचालय कोठामा छिरेर ढोका थुन्ने बित्तिकै त्यो कोठा अपारदर्शी बन्न पुग्छ । त्यसपछि त्यहाँ अँध्यारोमा लालटिनको मधुरो प्रकाश बले झै बल्छ । यहाँ पर्यटक आउने र फोटो खिचाउने गरेका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस