Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमालीमा सैनिक विद्रोह राष्ट्रपति प्रधानमन्त्री हिरासतमा

मालीमा सैनिक विद्रोह राष्ट्रपति प्रधानमन्त्री हिरासतमा


काठमाडौ । मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटा र प्रधानमन्त्री बोबु सिेसलाई त्यहाँको सत्ता कब्जा गर्ने समूहले हिरासतमा लिएको छ । माली सैनिक विद्रोहका एक प्रवक्ताले यसको पुष्टि गरेको बिबिसीले जनाएको छ ।

मंगलबार राति यो सैनिक विद्रोहको शुरूवात भएको थियो राजधानी बामाको निकट रहेको एक महत्वपूर्ण सैनिक शिविरमा गोली हानाहान आवाज भएसँगै शुरू भएको थियो ।

बामाकोबाट १५ किलोमिटर टाढा रहेको काटी शिविरमा असन्तुष्ट कनिष्ठ सैनिक अधिकारीहरूले कामान्डरलाई हिरासतमा लिएर त्यो शिविरमा कब्जा गरे ।

यसपछि शहरमा युवाहरूले प्रदर्शन गरी सरकारी भवनहरूलाई आगोमा झोसेर राष्ट्रपतिको राजीनामा माग्दै विरोध प्रदर्शन गरिरहेका छन ।केही दिन अघि देखि पश्चिमी अफ्रिकी देश मालीमा विरोध प्रदर्शन भइआएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस