Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोभिड –१९ भ्याक्सिनको मूल्य डेढसय डलर पर्ने चिनियाँ कम्पनीको अपेक्षा

कोभिड –१९ भ्याक्सिनको मूल्य डेढसय डलर पर्ने चिनियाँ कम्पनीको अपेक्षा


काठमाडौ । सन् २०२०को अन्त्यसम्म सार्वजनिक उपयोगका लागि तयार हुने कोभिड–१९ भ्याक्सिनको मूल्य डेढ सय अमेरिकी डलर बराबर पर्ने कम्पनीले जनाएको छ ।

भ्याक्सिन उत्पादन गर्ने चिनियाँ कम्पनी साइनोफार्मका अध्यक्ष लिउ जिङझेनले गुआङमिङ दैनिकलाई दिएको जानकारीमा यस्तो बताएका हुन ।

कम्पनीको भ्याक्सिनको क्लिनिकल ट्रायल तेस्रो अन्तिम चरणमा पुगेको र यो भ्याक्सिन सुरक्षित तथा प्रभावकारी हुने दाबी गर्दै उनले यो जानकारी दिए ।

डिसेम्बर सन् २०१९को अन्त्यतिर चिनियाँ शहर उहानमा पहिलो पटक यो भाइरस फेला परेको थियो । सन् २०२०को अन्त्यसम्म यो भाइरिसको भ्याक्सिन साइनोफार्मले ल्याउन सकिने अपेक्षा लिउको रहेको छ ।

मानिसलाई प्रतिरोधी बनाउन दुई डोज भ्याक्सिन चाहिने र यसको मूल्य १ हजार युयान भन्दा कम हुने उनले जनाए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस