अलास्का वन्यजन्तु आरक्षमा तेल उत्खनन गर्न ट्रम्पको अनुमति
काठमाडौ । अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्का आक्र्टिक नेशनल वाइल्डलाइफ रिफ्युज नाम गरेको वन्यजन्तु आरक्ष क्षेत्रबाट तेल उत्खनन गर्न लिजको अनुमति दिएका छन ।
आन्तरिक मामिला मन्त्री डेभिड बर्नहार्टले १५ लाख एकड क्षेत्रफलको सो आरक्षको भूमि तेल उत्खननका लागि खुला गरिएको बताए ।
सोमबार यो जानकारी दिँदै उनले यो अमेरिकाको उर्जा स्वतन्त्रताको क्षेत्रमा नयाँ अध्याय भएको र यसले हजारौ रोजगार सिर्जना हुने बताए ।
ट्रम्पको यो निर्णयले अमेरिकामा राजनीतिक भिडन्त गम्भीर खालको हुने देखिएको छ । उनका राष्ट्रपति पदका प्रतिस्पर्धी डेमोक्रेट नेता जो बाइडनले संघीय सरकारको भूमिमा सबै तेल र प्राकृतिक ग्यास उत्खननमा रोक लगाउनुपर्ने आह्वान गरेका छन ।
कोभिड–१९ फैलिन अघि ट्रम्पले तेल र पेट्रोलियम पदार्थको विस्तारले अमेरिकामा रोजगार बृद्धि हुने बताएका थिए ।
तेल तथा प्राकृतिक ग्यासका ठूला अमेरिकी कम्पनी एक्सन मोबिल, बिपी एन्ड कोनोकोफिलिप्सले ४४ अर्ब अमेरिकी डलर बराबरको लिंक परियोजनाको निर्माण गरेका छन ।
वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्य गर्ने संस्था अर्थजस्टिसले सोमबार अमेरिकी आन्तरिक मामिला मन्त्रालयको यो निर्णयको विरोध गरेको छ । अर्थजस्टिसले ट्विटरमा “ हामीले यसो हुन दिन सक्दैनौं ” भनी चेतावनी दिएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking