मेवाती शास्त्रीय संगीत घरानाका पण्डित जसराजले गरे देह त्याग
काठमाडौ । शास्त्रीय संगीतका गायक तथा गुरू पण्डित जसराजको ९० वर्षको उमेरमा सोमबार निधन भएको छ । अमेरिकाको न्युजर्सीस्थित घरमा ह्दयघातबाट उनको मृत्यु भएको हो ।
उनको परिवारद्वारा जारी विज्ञप्तिमा सोमबार बिहान सबा पाँच बजे अन्तिम सास लिएको उल्लेख छ ।\
आठ दशकको गायन करियरमा पण्डित जसराजलाई भारतका पद्यमश्री, पद्यम भूषण र पद्यम विभुषण जस्ता उच्च कोटिका सम्मानहरूबाट सम्मानित गरिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति ट्विट गरी दुख व्यक्त गरेका छन । उनका छोरी दुर्गा जसराज र छोरा शारङ्ग देव पण्डित जीवित छन । उनी शास्त्रीय संगीतको मेवाती घरानाका प्रतिनिधित्व गर्दथे ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय