Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइरान विरूद्ध बहुपक्षीय नाकाबन्दी लगाउन रोक्न नसक्ने अमेरिकी भनाइ किन हास्यास्पद?

इरान विरूद्ध बहुपक्षीय नाकाबन्दी लगाउन रोक्न नसक्ने अमेरिकी भनाइ किन हास्यास्पद?


काठमाडौ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरान विरूद्ध बुहपक्षीय नाकाबन्दी लगाउनबाट कसैले रोक्न नसक्ने बताए पछि त्यो विषय हाँसोको विषय बन्न पुगेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा १३ वर्ष देखि लगाइ आएको हातहतियारसम्बन्धी नाकाबन्दीलाई विस्तार गर्नुपर्ने अमेरिकी प्रस्ताव असफल भएपछि अमेरिकी विदेशमन्त्री पोम्पेओले यस्तो बताएका हुन ।

पोम्पेओले ट्विटरमा भनेका छन– इरानले प्रतिबद्धता उल्लंघन गरे अमेरिकाले कुनै पनि बेला बहुपक्षीय नाकाबन्दी लगाउन सक्ने र कसैले यसलाई रोक्न सक्दैन ”

हतियारसम्बन्धी इरान विरूद्ध लगाइएको १३ वर्षे नाकाबन्दीको अवधि यो अक्टोबरमा समाप्त हुने भएको छ । त्यसलाई विस्तार गर्न अमेरिकाले सो प्रस्ताव सुरक्षा परिषदमा प्रस्तुत गरेको थियो ।

१५ सदस्ययी सुरक्षा परिषदमा अमेरिकाको पक्षमा एक मत डोमिनिक रिपब्लिकको मात्र परेको थियो । अमेरिकाले यस किसिमको पराजय पहिलो पटक भोगेको हो । यो प्रस्तावको विरोधमा र इरानको पक्षमा चीन र रूसको प्रस्तावको पक्षमा फ्रान्स र बेलायत बाँकी सबै देशले समर्थन जनाएको थियो । यसबाट इरानमाथिको खतरा कमजोर हुन पुगेको हो ।

अमेरिकाले सन् २०१८मा आफू समेत सम्मिलित इरानसँग गरेको परमाणु कार्यक्रम सम्बन्धी सम्झौताबाट हटेको घोषणा गरेको थियो ।

त्यो सम्झौतामा रूस, चीन , बेलायत, फ्रान्स र जर्मनी समेतले अमेरिकाको त्यो घोषणाको विरोध गरेका छन ।

अनलाइन आलोचकहरूले अमेरिकालाई बहुपक्षीय नाकाबन्दी लगाउन कसैले रोक्न सक्दैन तर अमेरिकाले अन्य देशहरूलाई त्यसो गर्न बलजफ्ती गर्न सक्ने भनेका छन । उनीहरूको अनुसार पोम्पेओको यो भनाइ हास्यास्पद हो । सुरक्षा परिषदमा भएको हारलाई बिर्सन नसकेर पोम्पेओले यस्तो भनेको हुन सक्ने कतिपयको भनाइ रहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस