Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमलेसियामा १० गुना बढी संक्रामक नयाँ कोरोनाका नातेदार पाइए

मलेसियामा १० गुना बढी संक्रामक नयाँ कोरोनाका नातेदार पाइए


काठमाडौ । मलेसियामा नयाँ कोरोना भन्दा १० गुना बढी संक्रामक उसका नातेदार नयाँ कोरोना फेला परेको छ । कोरोना कोरोनाबीचको सम्बन्धबाट निस्कने यस्ता भाइरसलाई उसका नातेदारको रूपमा बुझिने गरिन्छ ।

यसअघि नयाँ कोरोनाको नातेदारको रूपमा डी सिक्सहन्ड्रेड फोर्टिन जी भनिएको थियो । यो नयाँ कोरोनाको नातेदार मलेयिाका ४५ संक्रमित मध्ये ३मा पाइएको छ ।

भारतबाट फर्केका एक रेस्टरन्टका मालिकबाट फैलिएको हो । रेस्टरन्टका मालिकले १४ दिने होम क्वारेन्टाइनको प्रावधान उल्लंघन गरेपछि यो फैलिन शुरू गरेको पाइएको छ । उनलाई पाँच महिनाको जेल सजाय र जरिवाना गरिएको छ ।

यो नातेदारको अर्को समूह फिलिपिन्सबाट फर्के व्यक्तिबाट सरेको पाइएको छ । अमेरिकी विज्ञ एन्थनी फाउसीले नयाँ कोरोनाको नातेदार द्रुतगतिमा फैलिने गरेको बताएका छन ।

यो नयाँ नातेदारको प्रवाहले उसका लागि भ्याक्सिन अपर्याप्त हुन सक्ने मलेसियाका स्वास्थ्य महानिर्देशक नूर हिशाम अब्दुल्लाले बताए । उनले यसको संक्रमणबाट जोगित सतर्कता अपनाउन सबैलाई फेसबुक मार्फत आग्रह गरेका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस