Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन


एजेन्सी, ३२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ ।

न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् ।

राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल गएका थिए ।

एक बयान जारी गर्दै ट्रम्पले भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहने छ ।’

उनको ७१ वर्षको उमेरमा निधन भएको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस