Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबाइडनले चुनाव जिते अमेरिकी ग्रिन कार्ड कोटा हटाउने

बाइडनले चुनाव जिते अमेरिकी ग्रिन कार्ड कोटा हटाउने


काठमाडौ । अमेरिकी राष्ट्रपति पदको डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले ग्रिनकार्ड कोटा हटाएर एचवनबी भिसा सिस्टममा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

उमेरिकाका पूर्व उपराष्ट्रपति समेत रहेका बाइडनले चीन र भारतजस्ता देशबाट आउने कामदारका लागि अमेरिका आएर काम गर्न पाउने सुविधामा सुधार गर्ने जनाएका हुन ।

शनिबार आफ्नो चुनावी अभियानका क्रममा यस्तो बताए । बाइडनले भारतको ७४औं स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय अमेरिकी समुदायलाई आफूतिर आकर्षित गर्न यस्तो भनेको अनुमान गरिएको छ ।

हालै भारतीय आमा र जमैकियाली बाबुका सन्तानको रूपमा चिनिएकी डेमोक्रेट्स नेतृ कमला ह्यारिसलाई बाइडनले उपराष्ट्रपति पदको उम्मेदवार चयन गरेका थिए ।

ह्यारिस सहितको चुनावी अभिायनमा बाइडनले ग्रिन कार्ड कोटा हटाउने र एचवनबी भिसामा सुधार गर्ने वाचा गरे ।

अमेरिकामा १३ लाख भारतीय अमेरिकीहरू योग्य मतदाता छन । ह्यारिसको छनौट पनि यसैका लागि लिइएको देखिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस