Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइरानविरूद्ध नाकाबन्दी विस्तार गर्ने अमेरिकी योजना राष्ट्रसंघमा तुहियो

इरानविरूद्ध नाकाबन्दी विस्तार गर्ने अमेरिकी योजना राष्ट्रसंघमा तुहियो


काठमाडौ । अमेरिकाले इरान विरूद्ध लगाएको नाकाबन्दी विस्तार गर्न खोजेको योजना संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा तुहिएको छ ।

सशस्त्र नाकाबन्दीको अमेरिकी प्रस्तावलाई सुरक्षा परिषदले अस्वीकार गरेपछि इरानी राष्ट्रपति हसन रुहानीले यसलाई ठूलो जितको रूपमा व्याख्या गरेका छन ।

अमेरिकाले इरानलाई सारा विश्वबाट एक्ल्याउन सन् २०१५मा गरिएको अमेरिकासहितको बहुपक्षीय परमाणु कार्यक्रम सम्बन्धी सम्झौताबाट हटेको घोषणा गरेको थियो ।

१५ सदस्यीय सुरक्षा परिषदमा अमेरिकाको पक्षमा दुई मत मात्र प्राप्त भयो । डोमिनक रिपब्लिकले मात्र अमेरिकालाई साथ दिएको हो ।

७५ वर्षीय राष्ट्रसंघीय इतिहासमा अमेरिका यसरी कहिल्यै नएक्लिएको इरानी विदेशमन्त्रालयका प्रवक्ता अब्बास मुसाभील ट्विट गरेका छन ।

तर इरानमा भने यसको मिश्रित प्रतिक्रिया सार्वजनिक भइरहेको छ । यसलाई अमेरिकाको एक राजनीति खेल पनि भनिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरान विरूद्धको प्रस्तावमा फ्रान्स र बेलायतसम्मले साथ नदिनु दुखद भएको बताए ।

इरान विरूद्ध हातहतियारसम्बन्धी नाकाबन्दी अक्टोबरमा सकिने भएको र यसलाई विस्तार गर्न अमेरिकी चाहनाको प्रस्तावलाई रूस र चीनले विरोध गरेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस