Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमोदी कुरूप भारतीय पहिचान दिलाउन प्रयासरत

मोदी कुरूप भारतीय पहिचान दिलाउन प्रयासरत


काठमाडौ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ पहिचान विगतको पहिचान दिने नाममा कुरूप पहिचान दिन प्रयासरत रहेका छन । प्रधानमन्त्रीले अयोध्यामा राममन्दिर बनाउने अभियानलाई भारतको स्वतन्त्रताका लागि गरिएको संघर्षको बराबरी पु-याउन खोजेका छन ।

मोदीले राम र स्वतन्त्रता संघर्ष दुबैको अवमूल्यन गरिरहेका छन । जब मोदी राम भक्तहरूको ह्दयमा बास गर्छन भन्छन र त्यो सही छ भने मानिसले बनाएको मन्दिरमा राम कसरी बास गर्छन ?

कतिपयले मन्दिर भारतीयहरूको विगतसँग जोडएको भन्छ त्यसैले यसले भारतको निरन्तरता र पहिचानसँग जोडेको सन्देश दिन्छ । भारत विभिन्न विश्वासका आधारमा मात्रै होइन बहुजातीय, भाषिक तथा सांस्कृतिक विशेषताहरूको आधारमा बहुपहिचान भएको देश हो ।

स्वतन्त्रताका लागि भएको आन्दोलन यी विशेषताहरूलाई एकआपसमा जोड्न र एक नागरिकको अनुभूति गराउन साझेदारीका लागि भएको थियो ।

गान्धीको रामराज्य यो विचारको ठोस स्वरूप थियो । राममन्दिरको अवधारणसँग जोडिएको रामराज्य सांकेतिकरूपमा गान्धीको रामराज्यको अवधारणालाई खुम्च्याउँछ ।

इतिहास फेरि लेखिन्छ । भारतीयताको सिमित हुँदै गएको अवधारणाका आधारमा एक कुरूप पहिचानको घोषणा गर्छ ।

यसै प्रयासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट ५ का दिन अयोध्यास्थित रामभूमि पुजन समारोहलाई सम्बोधन गरे ।

त्यो सम्बोधनमा विशेषगरी मुसलमान बहुल्य देशहरू इन्डोनेसिया तथा मलेसिया र अन्य दक्षिण तथा दक्षिण पूर्वका दूरदेशहरूमा रामायणको लोकप्रियताको सन्दर्भ उनले जोडे ।

तर ती इश्लामिक देश लगायत दक्षिण र दक्षिण पूर्वका देशहरू अहिलेसम्म रामलाई सांस्कृतिकरूपमा बुझिएर गरिएको व्यवहार र अवधारणा जस्तै मन्दिर निर्माण भएपछि प्राप्त हुनेमा शंका गर्दै ती देशमा कुटनीतिज्ञको रूपमा काम गरिसकेका नेपालका लागि पूर्व राजदूत श्यामशरणले धारणा सार्वजनिक गरेका छन ।

पूर्व राजदूत श्यामशरणले दूरदेशमा रामायण र महाभारत ‘रामायना एन्ड महाभारता इन् डिस्टान्टल्यान्डस’ शीर्षकमा लेखेको आलेखमा यस्तो भनिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस