Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पले अब चिनियाँ कम्पनी अलिबाबामाथि प्रतिबन्ध लगाउने

ट्रम्पले अब चिनियाँ कम्पनी अलिबाबामाथि प्रतिबन्ध लगाउने


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाइसकेपछि अब अलिबाब जस्ता चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाउने बाटो खोजिरहेका छन ।

चीनमाथि दबाब बढाउन उनले यस्तो गरिरहेको बताएका छन ।

पत्रकार सम्मेलनमा टिकटक विरूद्ध कारबाही गरेपछि अब अन्य अलिबाबा जस्ता चिनियाँ कम्पनीलाई कारबाही गर्न खोज्नु भएको हो भनी सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने “ हो हामी यस्ता अन्य कम्पनी खोजिरहेका छौ ।

अमेरिकामा टिकटकलाई प्रतिबन्ध गराउने प्रतिबद्धता व्यक्त गरेपछि ट्रम्पले चीनको स्वामित्वमा रहेका कम्पनीहरूमाथि दबाब दिन खोजिरहेका छन् ।

टिकटकका चिनियाँ माउ कम्पनी बाइटडान्सलाई ९० दिन भित्र यो कम्पनीको लगानी झिक्न आदेश अमेरिकाले दि सकेको छ । टिकटकले व्यक्तिगत डेटाको दुरूपयोग गरेको भनेर यस्तो आदेश दिएको हो ।

चीनसँगको अमेरिकी सम्बन्ध परिवर्तन गर्ने ट्रम्पको कार्यकालको मुख्य विषय रहेकाले ट्रम्प चीन विरोधी गतिविधि व्यवहार प्रदर्शन गरी आएका छन ।

चीन विरूद्ध आलोचक रहेका ट्रम्पले गत वर्ष आंशिक व्यापार सम्झौता अन्तर्गत अमेरिकाको सोयाबिन जस्ता कृषि उपज किनिरहेको व्यवहारको प्रशंसा गरेका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस