Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी विदेशमन्त्री ब्लिन्केनले पुटिनलाई कूटनीतिक सन्देश दिन टेलर स्विफ्टको गीतको प्रयोग गरे

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले पुटिनलाई कूटनीतिक सन्देश दिन टेलर स्विफ्टको गीतको प्रयोग गरे


काठमाडौं । अमेरिकी विदेशमन्त्री एण्टोनी ब्लिन्केनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक सन्देश दिन टेलर स्विफ्टको गीतको उपयोग गरेका छन् ।युक्रेनको स्थितिले ध्वस्त भएको रुस र अमेरकी सम्बन्धहरू सुधार हुने अवस्थामा पुगेको सन्देश दिन ब्लिन्केनले स्विफ्टको गीतको उपयोग गरेका हुन् ।

जर्ज टाउन युनिभर्सिटीमा आयोजित समारोहलाई सुरुवाती सम्बोधनमा आपूलाई ११ पटक ग्रामी पुरस्कार विजेता स्विफ्टले यसअघि न्युयोर्क युनिभर्सिटीमा निभाएको भूमिकासँग तुलना गर्दै ब्लिन्केनले यस्तो बताए ।

ब्लिन्केनले भने “ म हात्तीलाई कोठाबाट बाहिर निकाल्न हिर्काउन सुरु गर्न चाहन्छु । हो स्विफ्टले न्युयोर्कमा भने जस्तै । अहिले मलाई मेरा कर्मचारीले गिटार लिएर ‘ वी आर नेभर एभर गेटिङ ब्याक टुगेदर टु प्रेसिडेन्ट पुटिन’ भन्ने गीत गाउन दिएन” र दर्शकदीर्घाको हाँसोमा रमाए ।

उनका कर्मचारीले यसो गर्दा अकूटनीतिक हुने भनी गर्न नदिएको पनि ब्लिन्केनले जनाए ।

वी आर नेभर एभर गेटिङ ब्याक टुगेदर स्विफ्टको सन् २०१२को चर्चित चौथो एल्बमको गीत हो । ब्लिन्केनले यो कूटनीतिक सन्देश उही दिन दिए जुन दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले ४० अर्ब अमेरिकी डलर बराबरको सैनिक तथा आर्थिक सहयोगको प्याकेजमा हस्ताक्षर गरे । साथै अमेरिकाले युरोपमा १ लाख सैनिक राख्न समाचार सार्वजनिक भए ।

शनिबार रुसले ९६३ जना अमेरिकीहरू विरुद्ध प्रतिबन्ध लगाएको सूची सार्वजनिक गरेको थियो । त्यसमा बाइडेन र ब्लिन्केन दुवै परेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस