Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअस्ट्रेलियाको प्रधानमन्त्रीमा बाम नेताको जित, जलवायु नीति परिवर्तन गर्ने प्रतिबद्धता

अस्ट्रेलियाको प्रधानमन्त्रीमा बाम नेताको जित, जलवायु नीति परिवर्तन गर्ने प्रतिबद्धता


काठमाडौं । अस्ट्रेलियाको सम्पन्न निर्वाचनमा जित हात पारेका मध्यबाम दल लेबर पार्टीका नेता एन्थनी अल्बानिजले जलवायु नीतिमा ठुलो परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अस्ट्रेलियालाई नवीकरणीय ऊर्जाको सुपरपावरको रूपमा विकास गरिने उनले मतगणनाबाट जित हात पारेपछि बताए ।
सोमबार उनले प्रधानमन्त्री पदको समथ लिने भएका छन् । तर संसदमा उनको पार्टीले स्पष्ट बहुमत प्राप्त गर्ने हुन वा होइनन त्यो अहिले स्पष्ट भएको छैन् ।

बाढी पहिरो र डढेलोका मुख्य समस्या अस्ट्रेलियाका मतदाताको मुख्य चासोको विषय रहेको थियो ।

पराजय स्वीकार गरी सरकारको नेतृत्वबाट हटन लागेका लिबरल नेसनल गठबन्धनका नेता प्रधानमन्त्री स्कट मोरिसन अस्ट्रेलियाली जनताले गरेको चमत्कार प्रति धन्यवाद दिए ।

अस्ट्रेलियाको १५१ सिटको तल्लो सदनमा लेबर पार्टीले ७६ सिट पाउने विषयमा स्पष्ट हुन सकेको छैन् । मत गणना अझ जारी रहेको छ ।
मत गणनाको अन्तिम नतिजाका लागि अझ केही दिन कुुर्नुपर्ने देखिएको छ । निर्वाचन अधिकारीहरूले करिब ३० लाख हुलाकी भोट गन्न भर्खर सुरु गरेका छन् ।

सदनमा कसैको बहुमत नआएर त्रिशंकु संसद बने नयाँ सरकारलाई आफ्नो नीतिलाई सहज ढङ्गले अगाडि बढाउन समस्या हुने देखिएको छ । ५९ वर्षीय अल्बानिजले जलवायु युद्ध अन्त्य गर्ने अस्ट्रेलियामा हामीसँग एक अवसर आएको बताएका छन् । उनले भने “ अस्ट्रेलियाको व्यवसायलाई थाहा छ जलवायु परिवर्तनको विषयमा असल कार्य गरिए रोजगार र अर्थतन्त्रका लागि राम्रो हुन्छ । अनि म वैश्विक प्रयासमा सामेल हुन चाहन्छु ।”
करिब एक दशक यता पहिलो पटक लेबर पार्टीको सरकार बनाउन अल्बानिज अगाडि बढिरहेका छन् ।

सोमबार टोकियोमा आयोजित जापान, भारत अमेरिका र अस्ट्रेलियासहितको क्वाड सम्मेलनमाभाग लिन अल्बानिज जाने भएका हुन् । भाग लिन अघि उनले प्रधानमन्त्री पदको सपथ लिने छन् ।

क्वाडमा सहभागी भइ त्यहाँ सरकार परिवर्तनको सन्देश दिने एक अवसर हुने उनले बताए ।

लामो समय राजनीति गरेका अल्बानिज सन् २०१३मा तत्कालीन प्रधानमन्त्री केभिन रुडको उपप्रधानमन्त्री भएर काम गरेका थिए ।

 

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस