Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पले उपराष्ट्रपतिका लागि ‘कमला ह्यारिस’ अयोग्य भने

ट्रम्पले उपराष्ट्रपतिका लागि ‘कमला ह्यारिस’ अयोग्य भने


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिपक्षी डेमोक्रेट्सका तर्फबाट उपराष्ट्रपति पदका लागि छनौट गरिएकी कमला ह्यारिस अयोग्य रहेको बताएका छन ।

ट्रम्पले डेमोक्रेट्स पार्टीका नेतालाई ह्यारिसको उम्मेदवारी बारे छानबिन गर्न सुझाउ दिएका छन् । यस विषयमा उनलाई सोधिएको प्रश्नको जवाफमा उनले त्यसलाई खारेज गर्नुको साटो फेरि आफ्नो भनाइलाई यसरी व्याख्या गरेका छन् ।

उनले भने “ मैले आज सुने कि उहाँले उपराष्ट्रपति पदका लागि चाहिने योग्यता पूरा गर्नु हुँदैन । यो विषय लेख्ने वकिल धेरै योग्य एवं प्रतिभावान छन । मलाई लाग्छ उहाँको उम्मेदवारी सुनिश्चित गर्न अघि डेमोक्रेट्सका नेताहरूले यसको पुष्टि गर्नु पर्ने थियो ।”

डेमोक्रेटस पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवारको रूपमा छनौट गरेपछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस