Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी हुलाक सेवाद्वारा मतपत्र समयमा पु-याउन नसक्ने चेतावनी

अमेरिकी हुलाक सेवाद्वारा मतपत्र समयमा पु-याउन नसक्ने चेतावनी


काठमाडौ । अमेरिकाको हुलाक सेवाले अमेरिकी राष्ट्रपति निर्वाचनका लागि मतपत्र समयमा पु¥याउन नसक्ने चेतावनी दिएको छ ।

साथै मतदाताहरूले त्यो मतपत्र निर्वाचन कार्यालयसम्म समयमा उपलब्ध गराउन नसक्ने समस्या रहेको हुलाक सेवाले जनाएको हो ।

निर्वाचनसम्बन्धी विद्यमान कानुनले यस्तो समस्या उत्पन्न हुन सक्ने छ । कोरोनाका महामारीका कारण हुलाक सेवालाई चिठी पत्र पु¥याउन समस्या भइरहेको जनाउँदै निर्वाचनको मतपत्र बारे यस्तो जनाएको हो ।

अमेरिकी हुलाक सेवाले नोभेम्बरमा हुने निर्वाचनलाई व्यवस्थित गर्न सक्षम रहेको भनी दिएको अभिव्यक्तिको दुई साता भित्र यो नयाँ भनाइ सार्वजनिक गरेको हो ।

निर्वाचन हुने दिनमा निश्चित समय भित्र मतपत्र दिनु र मतदाताले त्यसलाई निर्वाचन कार्यालयलाई समयमा बुझाउनुपर्ने भएको प्रावधान समयमा पूरा नभए ती मतदानहरू मतगणनाका लागि अयोग्य हुने अमेरिकी हुलाक सेवाका अधिकारीहरूको चिन्ता रहेको छ ।

यसअघि महामारीका कारण मतदान र मतगणनामा समस्या हुन सक्ने बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो चिन्ता व्यक्त गरी अनुकूल समयमा निर्वाचन गर्न आग्रह गरेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस