Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइरानी तेल कब्जा गरेको अमेरिकी दाबी गलत भएको इरानको भनाइ

इरानी तेल कब्जा गरेको अमेरिकी दाबी गलत भएको इरानको भनाइ


काठमाडौ । अमेरिकाले लाखौं ब्यारल तेल लादिएका भेनेजुएलाका लागि हिडेका चार इरानी जहाजलाई कब्जा गरेको अमेरिकाको न्याय विभागले पुष्टि गरेको छ ।

साथै विभागले इरानी तेल जहाज विदेशी साझेदारसँग मिलेर कब्जा गरेको जनाएको छ ।

अमेरिकाले इरानको इन्धन कब्जा गरेको यो सबै भन्दा ठूलो भएको सरकारी स्रोतको हवाला दिँदै वाल स्ट्रिट जरनलको एक समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकाले यो इरानी तेला कब्जा गर्न आफ्नो सैनिक शक्तिको उपयोग नगरेको यसका लागि विदेशी साझेदारको उपयोग गरेको जनाएको हो ।

कब्जा गरिएका ती जहाजलाई टेक्सासको हउस्टन तर्फ मोडिएको छ ।

भेनेजुएलाका लागि इरानका राजदूत होजात सोल्तानीले त्यो समाचारलाई गलत भएको बताएका छन ।

त्यो जहाज इरानको नभएको ट्विटमार्फत राजदूतले उल्लेख गरेका छन । साथै त्यो तेल भरिएको जहाज अन्य कसैको हुन सक्ने भन्दै राजदूतले अमेरिकाले झूठ र मनोवैज्ञानिक युद्धकलाको खेल आफ्ना प्रोपगेन्डा मेसिनको प्रयोग गरी खेलिरहेको जनाए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस