युरोपमा सिफलिस कोलम्बसले ल्याएको मान्यता गलत
काठमाडौ । यौनसंसर्गबाट हुने रोग सिफलिस क्रिस्टोफर कोलम्बसले युरोपमा अमेरिका भ्रमणबाट फर्केपछि ल्याएको पुरानो मान्यता नयाँ अध्ययनबाट गलत साबित भएको छ ।
फिनल्यान्डमा फेला परेका ६ मानव कंकालको विश्लेषणबाट यो पत्ता लागेको हो ।दुई इस्टोनिया र १ निदरल्यान्डका गरी ६ मानव कंकालको अध्ययनको क्रममा चारमा सिफलिसको ब्याक्ट्रियाको ट्रेपोनिमा पालिडम फेला परेको पाइएको छ ।
यौन संसर्गबाट हुने यो रोगको प्रसार युरोपमा १४००को शुरूवाती दशकमा भएको अध्ययनले स्पस्ट पारेको छ ।युनिभर्सिटी अफ जुरिचका वैज्ञानिकहरूले सिफलिसको पारिवारिक वृक्षको बारेमा अध्ययन गरेका हुन ।
सिफलिस र यससम्बन्ध रोगबाहक प्याथगनको विकास २५०० वर्ष अघि भएको अध्ययनबाट भएको देखिन्छ ।
यौन संसर्गबाट हुने सिफलिसका सामान्य पुर्खा १२ देखि १६ शताब्दी भित्र भएको पाइन्छ ।
अहिले सम्म कोलम्बस अमेरिकाको भ्रमण गरी युरोप फर्केपछि त्यहाँबाट सिफलिस युरोपमा सारेको मान्यता थियो । त्यो मान्यता यो नयाँ अध्ययनबाट गलत साबित भएको हो ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking