Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरसियामा बनेको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने

रसियामा बनेको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने


रुसले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् ।

रुसले हालै दर्ता गरेको नयाँ खोप ‘स्पुटनिक पाँचौ’ को प्रयोग गर्न फिलिपिन्स र भेनेजुएला तयार भएका हुन् । परीक्षण सफल भएपछि भेनेजुएलामा उक्त खोपको प्रवर्द्धन र प्रयोग गरिने यहाँका अधिकारीहरुले जनाएका छन् । रुसी अधिकारीहरुका अनुसार भेनेजुएलाले उक्त खोप दर्ता हुनुअघि नै क्लिनिकल ट्रायलमा नै सहभागी हुन प्रस्ताव गरेको थियो । साथै बजारमा उक्त खोपको प्रवर्द्धन गर्ने बताइएको हो ।

यस्तै फिलिपिन्सले पनि यही वर्षको अन्त्यअघि नै क्लनिकल परीक्षण गरिने बताएको छ । रुसले भने क्लिनिकल ट्रायल सुरु हुनुअघि नै खोप दर्ता गरेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त खोपलाई विभिन्न चरण हुँदै आम जनतामाझ पुर्‍याउने बताएका छन् ।

पुटिनले यसअघि आफ्नी छोरीमाथि खोप परीक्षण गरिसकेको जनाएका छन् । साथै उनले खोप पूर्ण रुपमा सुरक्षित भएको दावी गर्दैआएका छन् ।एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #corona vaccine, #hot


प्रतिक्रिया दिनुहोस