Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतीय गुप्तचर सञ्जाल साइबर अट्याक सञ्चालन गर्दै

भारतीय गुप्तचर सञ्जाल साइबर अट्याक सञ्चालन गर्दै


काठमाडौ । भारतीय गुप्तचर सञ्जालले साइबर आक्रमण गर्न थालेको पाइएको छ ।

पाकिस्तानको सेनाले भारतीय गुप्तचर सञ्जालले साइबर आक्रमण गरेको विषयमा छानबिन गर्ने घोषणा गरेको छ ।

पाकिस्तानको सेना र सरकारी अधिकारीहरू विरूद्ध भारतीय गुप्तचर सञ्जालले साइबार अट्याक थालेको जनाउँदै यस्तो घोषणा गरेको हो ।

पाकिस्तानको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आइएसपीआर)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ –“ पाकिस्तानको गुप्तचर नियोगहरूले भारतीय गुप्तचर नियोगहरू व्यापक साइबर अपराधमा संलग्न रहेको र उसले सरकारी दस्तावेज र सेनाका दस्तावेजमाथि आक्रमण गरेको विषय पहिचान गरेका छन् ।”

सेनाले दिएको जानकारीमा अन्य विषय खुलाइएको छैन ।

पाकिस्तानको परिदृश्य २०२०मा भारतले उन्नत किसिमको आक्रमण गर्न सक्ने विषय उल्लेख गरिएको छ । साथै यसमा भारतको दक्षिणपन्थी फासिवादी शासकले यस्ता आक्रमणलाई तीव्रगतिमा बढाउने उल्लेख गरिएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस