Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचीन रूस जोड्ने पहिलो रेल्वे पुल सन् २०२२सम्म पूरा हुने

चीन रूस जोड्ने पहिलो रेल्वे पुल सन् २०२२सम्म पूरा हुने


काठमाडौ । चीन रूस सीमा वारपार जोड्ने रेल्वे पुल स् २०२२को पहिलो त्रैमासिकसम्म कार्यान्वयनमा आउने भएको छ ।
अमुर नदीमाथिको यो पुलले रूसको यहुदी स्वायत्त क्षेत्रमा जोड्ने छ ।

रूसको सुदुर पूर्वसँग चीनको उत्तरी प्रान्त हेइलोङजियाङ प्रान्तलाई जोड्ने यो पुल २२०९ मिटर लामो हुनेछ । यो दुई देशलाई रेल्वेले जोड्ने पहिलो पुल हुनेछ । यसले दुई देशबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइँमा पु¥याउने विश्वास गरिएको छ ।

चीनले आफ्नो क्षेत्रको निर्माण कार्य पूरा गरिसकेको छ । रूसी क्षेत्रको बारेमा गभर्नर रोस्तिस्लाभ गोल्डस्टेइनले यो सन् २०२२को पहिलो त्रैमासिकसम्म पूरा हुने बताए ।

२८ वर्ष अघि सम्झौता भएको यो पुलको निर्माण सन् २०१६मा औपचारिकरूपमा बन्न शुरू भयो । नयाँ पुलसँग जोडिएका पूर्वाधार संरचना १९.९ किलोमिटर क्षेत्रमा बन्ने छ । ६.५ किलोमिटर क्षेत्रमा सडक जोड्ने मार्र्गहरूको निर्माण चिनियाँ क्षेत्रमा हुनेछ भने १३.५ किलोमिटर क्षेत्रमा रूसी क्षेत्रमा हुनेछ ।

अमुर नदीमाथिको राजमार्ग क्षेत्रको काम गत वर्ष पूरा भयो । यसले यी देशबीचको अहिले रहेको सडक सम्बन्धलाई ३ हजार ५सय किलोमिटर छोट्टयाएर नजिकको सम्बन्ध कायम गराउँछ । रूसले चीनलाई फलामकण, कोइला, खनिज जस्ता वस्तुको निर्यात गर्ने योजना बनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस