Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियआगोले खेल्न खोजे जलेर जाने हेक्का राख्न अमेरिकालाई चीनको चेतावनी

आगोले खेल्न खोजे जलेर जाने हेक्का राख्न अमेरिकालाई चीनको चेतावनी


काठमाडौ । आगोले खेल्न खोजे जलेर जाने हेक्का राखन अमेरिकालाई चीनले चेतावनी दिएको छ ।

अमेरिकाले चिनियाँ भूमिमा रहेको ताइवानमा अमेरिकाको स्वास्थ्यमन्त्री अलेक्स अजारलाई पठाएर ठूलो गल्ती गरेको भन्दै चिनियाँ विदेशमन्त्री मन्त्रालयले यस्तो कडा चेतावनी दिएको हो ।

अमेरिकी स्वास्थ्यमन्त्री अजारले कोभिड–१९बाट अमेरिकीहरूको स्वास्थ्यको चिन्ता गरी त्यहीँ बस्नुपर्नेमा विदेश भ्रमण गर्नुको कुनै अर्थ नभएको चीनले जनाएको छ ।

अमेरिकाको उच्चतम पदीय हैसियत भएका अमेरिकी स्वास्थ्य मन्त्री तीन दिने भ्रमणमा ताइवान पुगे ।

प्रवक्ता झाओ लिजियानले यो भ्रमणको भत्र्सना गर्दै अमेरिकालाई ताइवानसँगको सम्बन्ध विस्तार गर्ने प्रयास नगर्न चेतावनी दिए ।

अमेरिका चीनबीचको तनाव बढिरहेका बेला अमेरिकी स्वास्थ्यमन्त्रीको ताइवान भ्रमण भएको हो ।

अजारको व्यवहारले अमेरिकी सरकारी पदाधिकारीहरूका लागि अमेरिकीहरूको ज्यान भन्दा पनि निहित स्वार्थ प्राप्त गर्ने उद्देश्यले गरिने राजनीतिको महत्व बढी भएको झाओले जनाए ।सन्१९७९ देखि ताइवान चीनको पक्षमा भएदेखि अमेरिकाले उसलाई स्वतन्त्र हुन उक्साइरहेको छ ।

गत महिना मात्र पनि अमेरिकाको विदेशमन्त्रालयले ताइवानको सैनिक प्रणाली अभिवृद्धि गर्न ६२ करोडको सहयोग दिने निर्णय गरेको थियो ।

चीनले अमेरिकालाई पटक पटक ताइवानलाई सैनिक सहयोग नगर्न चेतावनी दिँदै आएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस