Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबेलायतको जीडीपीमा २० प्रतिशत भन्दा बढीको गिरावट

बेलायतको जीडीपीमा २० प्रतिशत भन्दा बढीको गिरावट


काठमाडौ । बेलायतको कुल गार्हस्थ उत्पादन जीडीपीमा २०.४ प्रतिशतको गिरावट यो वर्षको दोस्रो त्रैमासिकमा देखिएको छ । सन् १९५५ यता यो सबै भन्दा ठूलो गिरावट रहेको छ ।

कोभिड–१९ महामारीको बन्दाबन्दीको अवधिमा युरोपका अन्य कुनै प्रमुख देशको तुलनामा बेलायतको अर्थतन्त्र बढी खुम्चिन पुगेको देखिएपछि बेलायत औपचारिकरूपमा मन्दीमा प्रवेश गरेको छ ।

उद्योग क्षेत्रमा ३५ प्रतिशतको खुम्चाइ देखिएको छ । सेवा क्षेत्र बेलायतको सबै भन्दा ठूलो क्षेत्र हो । यसमा २० प्रतिशतको गिरावट देखियो । औद्योगिक उत्पादन १७ प्रतिशतले घटेको छ ।

प्राप्त आँकडा अनुसार सरकारी खर्च १४ प्रतिशतले घटेको छ । व्यवसायिक लगानी ३१.४ प्रतिशतले घटेको छ ।उपभोक्ता खर्च २३.१ प्रतिशतले घटेको छ । अतिथि सत्कार सेवा उद्योगको उत्पादकत्व ७५ प्रतिशतले घटेको छ । सन् २०१५यता ज्याला तथा तलबमा पहिलो पटक १.६ प्रतिशतको ह्रास आएको छ ।

बेलायतमा अहिलेसम्म अर्बौ पाउन्ड बजारमा सरकारले धन पठाइसकेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस