अमेरिकासँगको सम्बन्ध बिग्रिन नदिन चीन सचेत
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जिते यता चीन अमेरिका सम्बन्ध बिग्रिदै गएको छ ।
दोस्रो पदावधिका लागि ट्रम्पले चीन विरोधी अडान अपनाएर निर्वाचन अभियान सञ्चालन गरिरहेका बेला चीनले अमेरिकासँगको सम्बन्ध नबिगार्ने जनाएको छ ।
चीनका उपविदेशमन्त्री ले युचेङले अमेरिकासँगको सम्बन्धलाई सही बाटोमा ल्याउनु चीनको आवश्यकता रहेकोले यसको बाटो बिराउन नदिने बताएका छन ।
उनले भने “ आगामी महिनहरू चीन अमेरिका सम्बन्धहरूका लागि निर्णायक छन । हामीले त्यो सम्बन्धलाई व्यवस्थित गर्न र चरमपन्थी शक्तिहरूले बाटो बिराउन गरेको प्रयास सफल हुन नदिन प्रयास गर्छौ ।”
रोयटर्सले यो समाचार चीनको विदेशमन्त्रालयको वेबसाइटलाई उल्लेख गरी सार्वजनिक गरेको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking