ट्रम्पका प्रतिद्वन्द्वी बिडनले भारतीय मूलकी महिलालाई उपराष्ट्रपतिका उम्मेदवार छाने

काठमाडौ । अमेरिकी राष्ट्रपति पदको डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बिडनले उपराष्ट्रपतिमा भारतीय मूलकी महिला कमला ह्यारिसलाई छनौट गरेका छन ।
क्यालिफोर्नियाबाट सिनेटर बनिसकेकी र पेशाले वकिल रहेकी ह्यारिसको छनौट बिडनका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ । राष्ट्रपति पदको उम्मेदवारको शुरूवाती छनौट दौडमा ह्यारिस पनि थिइन ।
बिडनले मंगलबार “आफूले निडर लडाकु व्यक्तिको रूपमा चिनिएकी ह्यारिसलाई देशको सेवा गर्न आफ्नो सहयात्रीको रूपमा छनौट गरेकोमा गर्व छ” भावको ट्विटर गरे ।
अमेरिकी इतिहासमा अश्वेत महिलाको रूपमा ह्यारिसको छनौट पहिलो हुन्छ । समाजिक न्यायका पक्षधर मतदाताहरूले ह्यारिसलाई मतदान गर्ने अपेक्षा गरिएको छ ।
क्यालिफोर्नियाका महान्याधिवक्ता भएका बेला ह्यारिसले खेलेको भूमिकाबाट आफूलाई सशक्त प्रगतिशील पक्षधर साबित गरेकी थिइन । जर्ज फ्लोडको मृत्यु भएपछि गरिएको प्रदर्शनमा राजधानी वासिटनमा ह्यारिस सहभागी भएकी थिइन ।
हालका मतसर्वेक्षणहरूमा बिडनको पक्ष बलियो देखिएकोले बिडन ह्यारिसको जोडी झन बलियो हुने कतिपयको विश्वास गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया