Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरूसलाई पहिलो कोभिड–१९ भ्याक्सिनको एक अर्ब डोजको अर्डर बीस देशबाट प्राप्त

रूसलाई पहिलो कोभिड–१९ भ्याक्सिनको एक अर्ब डोजको अर्डर बीस देशबाट प्राप्त


काठमाडौ ।ल्याटिन अमेरिका, मध्यपूर्व र एसियाका गरी २० देशबाट पहिलो कोभिड–१९को भ्याक्सिनको अर्डर रूसलाई प्राप्त भएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले दर्ता गर्न प्रमाणित गरेपछि यो भ्याक्सिनको अर्डर प्राप्त भएको हो ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख कार्यकारी किरिल दमित्रिएभले विदेशी साझेदारहरूसँग मिलेर ५० करोड डोज वर्षमा उत्पादन गर्न सक्ने बताए । यसको उत्पादन घरेलु वस्तुबाट बन्न सक्ने उनले जनाए ।

उनका अनुसार मूल्य तिर्न नसक्ने देशका लागि मानवीय सहयता अनुदान कार्यक्रमका लागि पनि फन्डले काम गरिरहेको छ ।

यसअघि स्पुतनिक भी नाम दिइएको यो भ्याक्सिन विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन भएको घोषणा राष्ट्रपति पुटिनले एक कार्यक्रममा गरेका थिए ।

यो भ्याक्सिनको व्यापारिक उत्पादन जनवरी २०२१देखि हुनेछ । दर्ता गरिएपनि भ्याक्सिनका क्लिनिकल ट्रायलका लागि मध्यपूर्वमा पठाइनेछ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस