Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियवैज्ञानिकहरूले नयाँ किसिमको रहस्यमयी शक्तिशाली भूँइचालो पत्ता लगाए

वैज्ञानिकहरूले नयाँ किसिमको रहस्यमयी शक्तिशाली भूँइचालो पत्ता लगाए


काठमाडौ ।वैज्ञानिकहरूले इतिहासमै पहिलो पटक नयाँ किसिमको रहस्यमयी शक्तिशाली भूँइचालो ‘बुम¥याङ’को पत्ता लगाएका छन ।

यसले अहिलेसम्म फेला परेका भूँइचालो भन्दा बढी ध्वंसकारी भूकम्प ल्याउने सम्भावनामाथि प्रकाश पारेको छ ।

द एम्पिरियल कलेज लन्डनका भूकम्पविद (सिस्मोलोजिस्ट) स्टिफन हिक्सको नेतृत्वमा यो अध्ययन गरिएको हो । मध्य एटलान्टिक रिज नजिक जडान गरिएका ३९ सिस्मोमिटरलगायतका विषयहरूलाई हिक्सको नेतृत्वमा गरिएको यो अध्ययनमा समावेश गरिएको छ ।

यसको अध्ययनबाट उनीहरूले अहिलेसम्म कहिल्यै नदेखिएको बुम¥याङको प्रमाण फेला पारे । यसलाई ब्याक प्रोपगेटिङ रप्चर पनि भनिएको छ ।

सन् २०१६को अगस्टमा लाइब्रेरियाको सामुद्रिक किनारको ६५० माइल लामो समुद्रसतहमा ७.१ म्यागनिटयुडको भूँइचालोले लामो चिरा पारेको थियो । यसको सिसमिक डेटाको अध्ययनले दर्शाएको विषय वस्तु सार्वजनिक नभएसम्म शक्तिशाली चिरा भएको यो भूँइचालोले ध्यान तान्न सकेको थिएन ।

हिक्स भन्छन् “ चिराको संरचना सामान्य देखिन्छन । तर यो डेटालाई अध्ययन गरेपछि प्राप्त आँकडाका आारमा भन्नु पर्दा यो नितान्त फरक हो ।”

गहिरो समुद्रको कम्पनले भूमिभित्रको कम्पन शुरू गरायो र पूर्वतिरको मध्य एटलान्टिक रिज तर्फ भाग्यो। यो फर्केर आउन अघि मोटामोटी ११ हजार माइल प्रतिघन्टाको दरले चिराको उपरी खण्डमा आयो ।

यो भनेको २० मिनट नपुग्दै न्यूयोर्कबाट लन्डन पुग्नु जति समय हो ।गहिरो समुद्रको कम्पनले यति द्रुतगतिमा गयो कि यसले ध्वनि उछाल वा सोनिक बुमको निर्माण ग¥यो ।

न्युजिल्यान्डको जीएनएस साइन्सका जियोफिजिस्ट योशिहिरो कानेको भन्छन् “मेरो सर्वोत्तम ज्ञानका आधारमा यो पहिलो पटक फेला परेको हो ।”

तर कति तीव्रताका साथ यो बुम¥याङले कम्पन गराउँछ त्यो अझ रहस्य रहेको छ ।

कतिपयले सन् २०११मा जापानमा आएको ९ म्यागनिटयुडको तोहोकु भूँइचालोमा यसका विशेषता पाउन सकिने दाबी गरेका छन ।

यसको अध्ययनले ध्वंसकारी भूँइचालोको उच्च जोखिम कर्म गर्ने सावधानी प्रणालीको निर्माण गर्न र यसमा सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस