Techie IT
  • २१ जेठ २०८०, आईतबार
Jhilko

धनी र गरीवको पहिचान चिहानबाट


काठमाडौ । धनी र गरीवबीचको खाडल कम्तिमा साढे छ हजार वर्ष अघिदेखि शुरू भएको पोल्याण्डमा उत्खनन गरिएको चिहानले पुष्टि गरेको छ ।

भूमि र खेती विरासतमा मानिसहरु सर्न शुरू भएदेखि धनी धनी हुँदै जाने र गरीव गरीव हुँदै सम्पत्ति वितरणको खाडल बढ्दै गएको मानव समाजको कथालाई साँढे छ वर्षअघि गाडिएको ठाउँको उत्खननबाट यस्तो पुष्टि भएको यसका अनुसन्धानकर्ताहरूले बताएका हुन् ।

धनी र गरीवको यो खाडल हालको विकासक्रम नभएको र यो साँढे छ वर्ष पुरानो भएको अध्ययनले जनाएको छ ।
पुरातत्वविदहरूले पोल्यान्डको ओस्लोन्कीस्थित पाषाणकालीन कङ्कालको अध्ययन गरेका छन् । मानव अवशेषबाट उनीहरूको भोजन विधि र कृषि बानीको बारेमा अध्ययन गरिएको छ । त्यतिबेलाको समाजमा मानिसहरूले खानेकुरा र खेतपातीको विषयको बारेमा पुरातत्वविदहरूले अध्ययन गरेका हुन् ।

चिहानमा गाड्ने बेला बढी खर्च गर्ने परिवारले बहुमूल्य वस्तु राखेर गाड्ने गरेका छन् । उनीहरूको बेलाको मानव समाजमा बहुमूल्य वस्तुको अध्ययन पनि गरिएको छ । यसरी चिहानबाट फेला परेका वस्तुको अध्ययन गरिएको छ ।
उनीहरूको चिहानबाट मावन समाजमा असमानता आइपुगेको र विरासतमा भूमि र आवासको पुस्तान्तरण शुरू भइसकेको पुष्टि हुन्छ । भूमिमाथि नियन्त्रण कायम गरी बस्ने बासिन्दाहरूले त्यहाँ अन्यलाई बस्न नदिने गरेको व्यवहार त्यतिबेला थियो ।

विज्ञहरूले चिहानबाट निस्केका मानव कंकालसँग तामाका गहनाका साथै सीपी, बाह्रसिंगेको सिंग र हाडबाट बनेका कलाकृति पनि निस्केका छन् । तामाका गहनाको ५० पाता, मुगाजस्ता दुई सय, पाँच झुमका जस्तो गहना र एक मुकुट फेला परेको छ ।
अनुसन्धानकर्ताहरूले त्यतिखेरको समाजमा असमानताको अध्ययन तामाका वस्तुबाट भएकोमा ध्यान केन्द्रित गरेका छन । मध्य युरोपको दक्षिणमा हजारौ माइल टाढा रहेको खानी भएकाले तामा सर्वाधिक महँगो वस्तु भएको हुनसक्ने अनुमान छ ।
तर यो बहुमूल्य गहनाहरूको उपस्थितिले उनीहरूको जीवन धनी थियो वा उनीहरूलाई समाजले मान दिएर मर्ने बेला सम्पत्ति दिएको थिए होलान भन्ने विषयमा प्रस्ट हुन बाँकी छ ।

स्विडनको उमिया युनिभर्सिटीका डा. चेल्सी बडको नेतृत्वमा गरिहेको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले हाडको विश्लेषण गरेर त्यो इशा जन्मिनु भन्दा चार हजार छ वर्ष पहिलेको भएको जनाएको छ । उनीहरूले ३० जनाको कार्बन १३ आइसोटोप लेभलको परीक्षण गरी हरेकको भोजन बानीको खुलासा गरे ।

ती व्यक्तिहरू गम्भीर खालका र उनीहरूले उच्चस्तरीय भोजन गर्ने गरेको पाइएको छ । पाल्ने गरेको वस्तुभाउबाट प्राप्त हुने दुध र मासु खाने गरेको अध्ययनबाट खुलेको छ । ओस्लोन्कीको सन्दर्भमा तामाको वस्तुहरूको उपस्थितिले ती व्यक्तिहरू गम्भीर खालका व्यक्तिहरू भएको जनाउँछ । तामाको वस्तु बाहिरबाट त्यहाँ ल्याइएको हुन्छ । यो लामो दूरीबाट आयात गरिएको वस्तुको रूपमा थियो । प्रिन्सटन युनिभर्सिटीका प्रोफेसर पिटर बोगुकीले त्यतिखेरका व्यक्तिहरूमा चलन चल्तीमा रहेको भोजन र तामाबीचको अन्तरको अध्ययनबाट यस्तो खुलासा भएको बताएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूको खानपान र गहनाको प्रयोगबाट पोल्यान्डको त्यो गाउँमा धनी र गरीवबीचको अन्तरलाई दर्शाउँछ । एन्टिकिटी जर्नलमा प्रकाशित भएको यो अध्ययनका अनुसन्धानकर्ताहरूले त्यहाँ त्यतिखेर भूमिमाथिको स्वामित्वको आधारमा धनी र गरीवबीचको अन्तर प्रस्ट भएको बताएका छन् ।

ओस्लोन्कीमा बस्ने शुरूवाती मानिसहरूले त्यहाँको उच्च गुणस्तरीय भूमिमाथि नियन्त्रण कायम गरेको र त्यसपछि यो विरासतमा तिनका सन्तानमा सर्दै गएको, त्यतिखेर सामाजिक बसाइसराइ सीमित भएको अनुसन्धानकर्ताहरूको दावी छ ।
युरोपको प्रागैतिहासिक समयको सामाजिक हैसियत र दीर्घकालीन भोजन बानीबीचको प्रत्यक्ष सम्बन्ध राख्ने केही सर्वाधिक पुरानो प्रमाणको खोजी हामीले गरेको भन्दै यो अध्ययनका अगुवा लेखक डा बडले जनाए ।

बडले भने “हामीले सोचेको भन्दा धेरै पहिले देखि प्रागैतिहासिक समाजमा सामाजिक तथा आर्थिक असमानता विषयलाई प्रमाणित गरिरहेका छौ । त्यतिखेर धनी र गरीव थिए ।” आयातित तामाको पहुँचले त्यहाँ जीवनस्तरको उच्च गुणस्तरियता वा उच्च हैसियतलाई दर्शाउँछ । साथै त्यहाँका स्थानीयहरूसँग सम्पर्क भएका व्यक्तिहरूसँग व्यापारका विकल्पहरूको विस्तार भएको यसले दर्शाउँछ ।

ओस्लोन्कीको बस्ती अहिलेको बाइडगोस्चेजबाट ६० माइल टाढा छ । इशा जन्मिनु भन्दा चार हजार चार सय वर्षअघि यो दुई सय वर्षसम्म अस्तित्वमा रहेको थियो । जब यो बस्तीको अस्तित्व हरायो तामाको व्यापार सञ्जाल पनि हरायो । संसारको यो क्षेत्रमा फेरि हजारौ वर्षमा तामा फर्किएर आएको देखिदैंन । सयमबद्ध साप्ताहिकबाट


क्याटेगोरी : अन्तर्राष्ट्रिय, रोचक

प्रतिक्रिया


ताजा अपडेट