काठमाडौ । चीनले अमेरिकाका ११ अमेरिकी राजनीतिज्ञ विरूद्ध नाकाबन्दी लगाएको घोषणा गरेको छ । ती मध्ये सिनेटर मार्को रुबियो र ट्रेड क्रुज रहेका छन ।
हङकङको विषयमा खराब भूमिका गर्ने अमेरिकी राजनीतिज्ञहरू विरूद्ध चीनले नाकाबन्दी लगाएको चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताए ।
अमेरिकाले पनि चिनियाँ अधिकारीहरू विरूद्ध नाकाबन्दी लगाएको घोषणा गरेपछि चीनले पनि त्यस्तो कदम चालेको हो ।
नले हङकङको मिडिया टाइकूनले चिनिएका धनी व्यक्ति जिम्मी लाइलाई गिरफ्तार गरी यो घोषणा गरेको हो ।
प्रवक्ता झाओले हङकङमा अमेरिकाले अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत कानुनको उल्लंघन गरेकाले यो कारबाही गरिएको जनाए ।
नाकाबन्दी लगाइएका अन्य अमेरिकी नेताहरूमा सिनेटर जोश हावली, टम कटन, प्याट टुमी, त्रिस स्मिथ, कार्ल गर्सम्यान ,डार्क मिचेल, डेनियल टिवनिङ, नीथ रोथ र माइकल अब्रामोवित्स रहेका छन।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय