Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचुनाव जितेर पुटिनको सहभागीतामा जी सेभेनको सम्मेलन गर्ने ट्रम्पको योजना

चुनाव जितेर पुटिनको सहभागीतामा जी सेभेनको सम्मेलन गर्ने ट्रम्पको योजना


काठमाडौ । अमेरिकी राष्ट्रपतिले शक्तिशाली राष्ट्रहरूको समूह जी सेभेनको शिखर सम्मेलन फेरि स्थगित गरेका छन् ।
उनले यो सम्मेलन अब चुनाव पछि गर्ने भएका छन ।

कोभिड–१९ वैश्विक महामारीले गर्दा ढिलाइ हुन पुगेको जी सेभनको शिखर सम्मेलनलाई आफूले निर्वाचन पछि गर्न खोजेको उनले जनाए ।

जी सेभनको शिखर सम्मेलन हामी सेप्टेम्बरमा गर्ने भएका थियौं तर त्यो समयमा हुन नसक्ने देखिएको उनले जनाए ।

जी सेभनको अध्यक्ष वर्षेनी सर्ने गरे अनुसार यो वर्ष यसको अध्यक्ष ट्रम्पमा आउने भएको छ । यो शिखर सम्मेलन क्याम्प डेभिडमा गत जुनमा निर्धारित गरिएको थियो । भौतिक उपस्थितिमा हुनुपर्ने बैठक भर्चुअल कन्फ्रेन्स हुन पुग्यो ।

ट्रम्पले औपचारिकरूपमा यसका कुनै सदस्यलाई निम्तो नपठाइएको बताए । जी सेभनको बैठकमा केही देशका प्रतिनिधिहरूलाई बोलाउनुपर्ने आफ्नो योजना रहेको उनले खुलाए ।

तपाईँले रूसका राष्ट्रपति भ्लदामिर पुटिनलाई निम्तो गर्न चाहनु भएको हो र भनी सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने “ हो मैले बैठकमा पुटिनलाई निम्तो गर्ने छु । मेरो सोचाइमा पुटिन एक महत्वपूर्ण व्यक्ति हुन”


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस